देउवा गए लगत्तै प्रचण्ड भारत जाने,ओलीलाई फकाउने भारतको यस्तो छ फर्मुला



प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत जाने भएका छन् । प्रचण्ड निकटस्थ अनुसार भ्रमणको टुंगो लागेपनि मिति पछि तय हुनेछ । भदौ ७ देखि ११ सम्म देउवाले भारत भ्रमण गरेपछि प्रचण्डको भ्रमणको मिति तय हुनेछ ।
देशमा प्रदेश र संसदको चुनावको मिति घोषणा गर्ने तयारी भइरहँदा नेपाली राजनीतिमा प्रभाव राख्ने भारतले राजनीतिक तहमा छलफललाई गति दिएको छ । बिमष्टेक सम्मेलन पारेर नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपाका शिर्ष नेतालगायत विभिन्न पक्षसँग भेटी महत्वपूर्ण कुराकानी गरेकी थिइन् । भारतले नेपालका नेताहरूलाई निम्तो गरी नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे वन टु वन छलफल गर्ने रणनीति समेत बनाएको बुझिएको छ ।

प्रचण्डले भारत भ्रमणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भारतसँगको दूरी कम गर्ने पहल समेत गर्ने पहल गर्नेछन् । पछिल्लो समय प्रचण्डको ओलीसँग निकटता बढ्दै गएको छ । एमालेले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा माओवादी समेत रहेको छ । उनले उक्त एजेण्डामा सहमति जनाउने शक्तिसँग कार्यगत एकता हुने बताएर राजनीतिक तरंग ल्याइदिएका छन् ।

ओलीको भारतसँगको दूरी हटाउन प्रचण्डले समन्वयकारी भूमिका निभाएर देशभित्र पनि राजनीतिक सहमति निर्माण गर्ने रणनीति बनाएका छन् । देशभित्रको सत्तापक्षले चालेको संविधान संशोधनको प्रस्ताव, भारतको भूमिकालगायतमा असन्तुष्टि जनाउँदै आएका ओलीलाई फकाउन प्रचण्ड सक्रियताका साथ लाग्दै आएका छन् ।
नेपाली राजनीतिमा निकै प्रभावशाली बनेका प्रचण्डले चाल्ने हरेक रणनीतिले नेपाली राजनीतिलाई नयाँ मोड दिदै आएकोमा उनको सम्भावित भारत भ्रमण र ओलीसँगको बढ्दो निकटताले राजनीतिमा नयाँ सम्भावनाको विकास हुने देखिएको छ । ऋषी धमलाको सहयोगमा

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय