सत्ताधारी,गोबिन्द केसी र राजपालाई सोत्तर पार्दै के भने ज्ञवालीले?



हाम्रो इकोनोमि

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नसक्ने ठोकुवा गरे । राजधानीमा अायाेजित एक कार्यक्रममा नेता ज्ञवालीले नेकपा एमालेसँग परामर्श विना सरकारले संविधान संशोधनको मस्यौदा बनाएको भन्दै राजनीतिक दाउपेचको विषय बनाएकाले आफूहरू पक्षमा जान नसक्ने बताएका हुन ।

उनले भने,‘एमालेसँग परामर्श विना सरकारले दाउपेचको विषय बनाएर बढ्नुले नयाँ संकट बढाउँदैछ ।’ एमालेले चासो राखेको गम्भीर विषयलाई समेत बेवास्ता गरेर विधयेक संसदमा प्रस्तुत गरिएको बताए । विधयेक पास भए जस लिने र फेल भए एमालेलाई दोष देखाउने रणनीति बनाइएको उनको भनाई थियो ।

पछिल्लो समय दलहरूबीच दूरी बढाउने र देशमा नयाँ धु्रवीकरण गराउने खेलहरू भइरहेको बताए । ज्ञवालीले भने,‘संविधान संशोधन प्रस्तावलाई राजनीतिक कार्डका रूपमा प्रयोग गरी एमालेलाई एम्बुसमा पार्ने, मधेशविरोधी देखाएर प्रोपोगाण्डा गर्ने र तराईको सेन्टिमेन्ट जित्ने रणनीति लुकेको छ । संविधान संशोधन प्रस्ताव बारे एमाले गम्भीर छलफल गरेर अगाडि बढ्न तयार भएको उनको भनाई थियो ।

जस्तोसुकै चलखेल गरेपनि प्रदेश नम्बर दुईको स्थानीय चुनावमा एमाले पहिलो पार्टी हुने दाबी गरे । वर्तमान सरकारले गराउने प्रदेश र संसदको चुनावमा भाग लिनुहुन्छ भन्ने प्रश्नमा उनले भने,‘यसै सरकारले चुनाव गराओस् एमाले चुनावबाट भाग्दैन बहुमत ल्याएर सरकार चलाउनेछ ।’

चिकित्सा क्षेत्रको विकृतिविरूद्ध डा.गोविन्द केसीले गरिरहेको अनशनको मनशाय गलत नभएको बताए । समस्याको तत्काल समाधान खोजिनुपर्ने तर चिकित्सा क्षेत्रमा लगानी गरेकाहरूलाई समेत अन्यायमा पार्न नहुने उनको भनाई थियो । मध्यमार्गी बाटोबाट समाधान निकाल्नुपर्नेमा उनको जोड थियो ।

उनले भने,‘सरकारले हिजो गरेको गल्तीको भागिदार सर्वसाधारण र लगानीकर्ता हुनुहुँदैन । लगानी खरिद हुनुपर्छ ।’ अनसनलाई आधार बनाएर एमालेलाई लाञ्छित बनाउने क्रियाकलाप भइरहेकोप्रति आपत्ति जनाए । उनले भने,‘गोविन्द केसीका नाममा एमालेलाई लाञ्छित गर्ने घटिया राजनीति भइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...