पावरमा छँदा किर्ना झैँ टासिएकाले आज बाबुराम भट्टराई संग डिभोर्स गर्दै,बिरामी बाबुरामलाई क-कस्ले हाने लात?



हाम्रो इकोनोमि

जस्तो सुकै संकटका बेला पनि बाबुराम भट्टराईलाई साथ दिदै आएका देवेन्द्र पौडेलसहितका केही नेताहरुले आजै देखि भट्टराईको साथ बाट छुट्टिने भएका छन । स्रोतका अनुसार नयाँ शक्तिमा बाबुरामका ‘दाहिने हात’ देवेन्द्र पौडेलसहितका केही नेताहरुले आजै दिउँसो  पत्रकार सम्मेलन गरेर पाटी परित्याग गर्दैछन् । पौडेलको नेतृत्वमा कुमार पौडेल, महेन्द्र पासवान, वामदेव क्षेत्री लगायतका केन्द्रीय नेताहरुले आज पार्टी छोड्न लागेका हुन् । यता पौडेलसहितका नेताहरुको माओवादी केन्द्रका अध्यक्षसँग निरन्तर वार्ता चलिरहेको छ ।उद्देश्यअनुसार पार्टी अगाडि बढ्न नसकेको, प्रत्यक्ष कार्यकारी एजेण्डा माओवादी केन्द्रले आत्मसात गरेको र नयाँ शक्तिको आर्थिक समृद्धिलाई प्राथमिकता दिएका कारण नयाँ शक्तिको ठूलै समूह माओवादी केन्द्रमा फर्किन लागेको स्रोतले बतायो ।

नयाँ शक्तिका एक नेताका अनुसार केन्द्रीय कार्यकारी समिति विघठन गरेपछि असन्तुष्टि बढेको, फोरमसँगको एकता भाँडिएपछि चुनावमा कसरी जाने भन्ने विषयमा पार्टीभित्र चर्काे विवाद भएको, नयाँशक्तिले चुनाव चिन्ह पनि नपाएको अवस्था र फोरमसँगको एकता भाँडिएपछि पौडेलसहितका केही नेता पुनः माओवादी केन्द्रमा नै फर्कने निष्कर्षमा पुगेका हुन् । यो संगै भट्टराईको पार्टी बिघटनको संघारमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...