चिनियाँ दूतावासको गाडी चोरीको भन्दै आईजीपी अर्यालले कब्जा गरे,के गर्छन अब सर्बेन्द्र खनाल?



प्रहरी महानिरीक्षक हुनु पूर्व अनेक काण्डमा मुछिएका प्रकाश अर्यालले ट्राफिक महाशाखा प्रमुख हुदा चिनियाँ दूतावासले प्रयोग गर्दै आएको गाडी कब्जा गरेर फिर्ता गरेका छैनन्। तत्कालीन केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख हुँदा सुन काण्डमा मुछिएका अर्यालले चोरीको गाडी नम्बरप्लेट परिवर्तन गरेर प्रयोग गरेपछि उनी फेरि विवादमा परेका हुन् ।
स्रोतका अनुसार चिनियाँ दूतावासले प्रयोग गर्दै आएको एक गाडी चोरीको आशंकामा महानगरीय प्रहरी ट्राफिक महाशाखा रामशाहपथले पक्राउ गरेको थियो । पक्राउ गर्दा ट्राफिकले कुनै कागजात भेट्टाएन । ट्राफिकले आवश्यक कागजात ल्याएपछि मात्र गाडी छोड्न सकिने बतायो । तर पनि चिनियाँ दूतावासले अहिलेसम्म कुनै कागजात ल्याउन सकेको छैन । हो त्यो बेला अर्याल त्यहाको हाकिम थिए,र अहिले सम्म त्यो गाडी उनैले प्रयोग गरिरहेको श्रोतको भनाई छ। अहिले अर्यालले पक्राउ परेको उक्त गाडी वा ८ च ५४७५ नम्बरप्लेट राखेर आफैंले प्रयोग गरिरहेका छन् ।

चिनियाँ दूतावासको नाममा रहेको उक्त गाडी चोरीको भएको आशंकामा ट्राफिकले पक्राउ गरेको थियो ।
उक्त नम्बरको गाडी अर्यालले स्वयं प्रयोग गरिरहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी परेको बताइएको छ । चोरीका गाडीको प्रयोग तथा तस्करी गर्ने व्यक्तिलाई कारबाही गर्ने निकायका प्रमुखले नै चोरीका गाडी प्रयोग गरेको भन्दै उजुरी परेको भने यो पहिलो घटना होइन । यसअघि अर्याल सुनको नक्कली सुराकी काण्डमा मुछिएका थिए ।ट्राफिक महाशाखा अहिले सर्बेन्द्र खनालले हाकिरहेका छन।उनले यो काण्डमा के गर्छन हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय