पशुपति शमशेरले यसरी झुक्याए,किन भए २० जिल्लाका अध्यक्ष क्रुद्द



राप्रपा फुटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरेका पशुपति शमशेर राणाले २० जिल्लाको राप्रपाको समितिले आफुलाई समर्थन गरेको बताएका थिए । तर जिल्ला अध्यक्षहरुले आफ्नो समर्थन नरहेको दावी गरेका छन् ।

राप्रपा प्रजातान्त्रिकले धनकुटा, चितवन, रुपन्देहीलगायत राप्रपाका २० वटा जिल्ला कार्य समितिले राप्रपा प्रजातान्त्रिकमा समाहित हुने निर्णय गरेको उल्लेख गरेको थियो । तर, विभिन्न जिल्लाका सभापतिहरुले आफुहरुले त्यस्तो कुनै निर्णय नगरेको प्रष्ट पारेका छन् ।
राप्रपा प्रजातान्त्रिकले समर्थन गर्ने निर्णय गरेको भनिएको धनकुटा जिल्ला कार्य समितिका अध्यक्ष कुमारबहादुर थापाले आफुलाई कुनै जानकारी नहेको बताएका छन् । आफुले फेसबुकमार्फत थाहा पाएको तर, जिल्लाका कुनै निर्णय नगरेको उनले बताए । उनी राणा पक्षका सांसद सुनिल थापाकै जिल्लाका अध्यक्ष हुन्। अध्यक्ष थापाले आफु काठमाडौंमै भएको र जिल्लामा कुनै बैठक नबसेको प्रष्ट पारे । ‘जिल्लाको बैठक बसेको छैन, खै कसरी समाहित गरेको कुरा आयो, मलाई थाहा छैन’ उनले भने, ‘जिल्लाले बैठक नै नबसी कसरी समहाति गरेको निर्णय गर्न सक्छ र ?’ थापा मात्र नभई राणाले दाबी गरेका जिल्लाका अध्यक्षले समर्थन गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस
कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ

घट्यो सेयर कारोबार

  मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट