बिजय गच्छदारलाई पनि लाग्यो झट्का,सहअध्यक्षले पार्टी त्यागे,एक दर्जन नेता एमाले प्रवेश गर्दै



तराईका चर्चित नेता नेपाल लोकतान्त्रिक फोरमका सह अध्यक्ष रामेश्वरराय यादवले पार्टी परित्याग गरेका छन् । उक्त पार्टीका अध्यक्ष विजय गच्छदार देउवा सरकारमा स्थानीय बिकाश सहित उपप्रधानमन्त्री छन। तेस्रो चरणको निर्वाचन नजिकिदै गर्दा गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरममा बिग्रह आएको हो।

लामो समयदेखि नेतृत्वसँग असन्तुष्ट रहँदै आएका यादवले आज अध्यक्ष गच्छदारलाई राजीनामा पत्र बुझाउँदै औपचारिक रुपमै पार्टी परित्यागको घोषणा गरेका हुन् । स्रोतले दिएको जानकारी अनुसार पार्टी परित्याग गरेका यादव एमालेमा प्रवेश गर्ने मनस्थिती बनाएका छन् । उनी पूर्व कानुन मन्त्री समेत हुन्। उनि सहितका एक दर्जनले एमाले प्रवेश गर्ने बुझिएको छ।

यस्ता छन् उनले पार्टी छोड्ने ८ कारण

  • स्थापनाकालदेखि हालसम्म पार्टी संस्थागत रुपमा अगाडी बढ्न नसकेको,
  • पार्टीका नेता तथा कार्यकर्ता जसले निस्वार्थ भावले पार्टीमा खटिएका छन्, उसको उचित मुल्याङ्कन हुन नसकेको,
  • पार्टीमा कुनै विषयमा आन्तरिक निर्णय नगरि बाहिरी प्रभावबाट निर्णयहरु गर्ने गरेको हुनाले,
  • मधेसलाई आधारभूमि बनाएर गठन भएको पार्टीले मधेसको मुद्धा छाँडिदै पार्टीलाई सत्तामुखी बनाएको,
  • पार्टीलाई एकल नेतृत्वको बोझबाट बोझिलो बनाएको,
  • पार्टी सञ्चालनमा पारदर्शिताको अभाव देखिएको,
  • महाधिवेशनको भावना विपरित पार्टीको नाम परिर्वतन गरेको,
  • पार्टीलाई जातीगत प्रभावबाट मुक्त गराउन नसकेको ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय