राजनितीमा गगन थापाले राखे नयाँ रेकर्ड,संसदमा आफ्नो सम्पती प्रस्तुत गरेकोमा किन दिए मन्त्रीलाई बधाई



पूर्व स्वास्थ्यमन्त्री गगन थापाले बीमा विधेयक तयार पारेका थिए। मन्त्री थापाको कार्यकालमा विधेयक संसदमा दर्ता भएको थियो । हालका स्वास्थ्यमन्त्री गिरिराज मणी पोखरेलले सोही विधेयक संसदमा प्रस्तुत गरे पछी धन्यवाद दिन र केहि सुझाब दिन गगन थापा स्वास्थ मन्त्रालय पुगेरै पोखरेललाई धन्यवाद भनेका छन । थापाले आफ्नो सम्पतीलाई झैँ महत्व दिएको बिधेयक पास हुने चरणमा छ।

नेता थापाले वर्तमान स्वास्थ्यमन्त्री पोखरेललाई भेटी आफ्नो कार्यकालमा सुरु गरिएका जनमुखी राम्रा कामलाई निरन्तरता दिन आग्रह गरेका हुन् । मन्त्रालय छाडेर गएका कुनै मन्त्रीले नयाँ मन्त्रीलाई यसरी सुझाव दिएको यो पहिलो पटक नै हो । र पोखरेलले पनि निरन्तरता दिने बचन दिएका छन।
थापा मन्त्रीलाई भेट्न मन्त्रालयमै पुगेका थिए । भेटमा कामको विवरण र अनुभव आदानप्रदान भएको र यसले कतिपय पुराना कार्यक्रमले निरन्तरता पाउने नेता थापाको बुझाई छ ।

भेटमा उनले आफ्नो कार्यकालमा सुरु भएको स्वास्थ्य सेवा पूर्वाधार विकास र मापदण्डसम्बन्धी सातवर्षे परियोजनाबारे मन्त्री पोखरेललाई व्याख्या गरेका थिए । उक्त परियोजना मन्त्रिपरिषदले पास गरेर बजेटमा आइसकेको छ । आफूले गरेका कुन–कुन कामको अवस्था कस्तो छ भन्ने विवरण पनि उनले नयाँ मन्त्रीलाई सुनाएका थिए । बिगतको सरकारमा पोखरेल शिक्षा मंत्री थिए,पहिले पनि दुबैले सहकार्य गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय