राणाले राप्रपा पार्टी कार्यालय कब्जा गरे,कमल थापा किन अलमलमा परे अनि घर फर्किए



पार्टी विभाजन पछि काठमाण्डुको चावहिलमा रहेको राप्रपा पार्टीको केन्द्रीय कार्यालय नवगठित राप्रपा प्रजातान्त्रिकले कव्जा गरेको छ ।
पशुपति शमशेर राणा नेतृत्वमो राप्रपा प्रजातान्त्रिकले साविकको राप्रपाको कार्यालयमा कव्जा जमाएको हो । राणाले दान गरेको जग्गामा राप्रपाको पार्टी कार्यालय बनेको थियो ।

राप्रपा एकीकरण भएपछि धुम्बराहीमा रहेको राप्रपा नेपालको कार्यालयमा रहेको कमल थापाको कार्यकक्ष चावहिलमा सारिएको थियो । चावहिलको पार्टी कार्यालयमा सोमवार राप्रपा प्रजातान्त्रिको बैठक चलिरहेको समाचार काठमाडौँ टुडेले उल्लेख गरेको छ ।

राणा समूहले कव्जा जमाएपछि कमल थापा राप्रपा नेपालको पुरानो कार्यालय रहेको धुम्बराही फर्केका छन् । राप्रपा नेपालको पार्टी कार्यालयमा कमल थापा समूहको बैठक बसिरहेको छ ।

मंसिरमा पार्टी एकीकरण भएपछि राप्रपा अध्यक्ष थापाले चावहिलमा रहेको पार्टी कार्यालयमा गएर पदभार ग्रहण गरेका थिए ।

पार्टी कार्यालयको सो घरमा पनि विबाद छ । कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै राणा समूहले आइतवार छुट्टै पार्टी गठन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको