हार्नुको कारण यसरी खोले देबी ज्ञवालीले,एमाले बाट जितेकाले आज खादैछन सपथ



भरतपुर महानगरपालिकाको निर्वाचनको विषयमा सर्वोच्चमा जाँदा आफू पराजित भएको मेयरका उम्मेदवार देवी ज्ञवालीले बताएका छन । नेकपा एमाले चितवनले सर्वोच्चमा जानु नै गल्ती भएको ठहर गरेको छ । र त्यसैलाई हारको कारक पनि मानेको छ।

एमाले चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णय नमान्दा पराजित भएको उनले बताए । वडा नम्बर १९ को मतगणना चलिरहँदा मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदानको निर्णय गरेको थियो ।
एमालेले त्यो निर्णयकोविरुद्ध पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट हालेको थियो । सर्वोच्चको निर्णयमा ढिलाई हुँदा यो अवधिमा विपक्षीले तयारीको समय पाएकाले हार भएको ज्ञवालीले बताए । ‘लम्ब्याउने कुरा उहाँहरुको सेटिङ रहेछ’ ज्ञवालीले भने, ‘यो बीचमा उहाँहरुले चलखेल गर्ने मौका पाउनुभयो ’
उनले आयोगको निर्णय मानेर सोझै चुनावमा गएको भए आफूले चुनाव जित्ने दावी गरे ।

एमाले चितवनले राज्य सत्ताको दुरुपयोग गरेर आफ्ना उम्मेदवार हराएको आरोप लगाएको छ ।
आफूहरुले निर्वाचन जित्ने भएपछि आर्थिक प्रलोभनमा पारेर षड्यन्त्र गरेको एमाले चितवनको आरोप छ । लोकतान्त्रिक प्रतिस्पर्धामा हारजित हुनु स्वभाविक भएपनि सत्तागठबन्धनले सत्ताको दुरुपयोग गरेर प्रमुख पदमा एमालेका उम्मेदवारलदाई पराजित गरेको एमाले चितवनको आरोप छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को पछिल्लो मतमपरिणाम स्वभाविक मान्न नसकिने एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले बताए । पैसा खर्च गरेर जितेको उनले आरोप लगाए । भरतपुरका वडामा विजयी भएका आफ्ना जनप्रतिनिधिले जनताको मन जित्नेगरी काम गर्ने एमाले चितवनको भनाई छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिले आज सपथ लिदैँ छन् । मत पत्र च्यात्ने संगै सपथ नलिने भन्दै आज सपथ लिने भएका हुन्,अरुको हिजै सपथ भएको छ।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु