नेपाल ग्यास बेचेको पैसाले राणाले पार्टी फुटाएको भन्दै गिरीले भने-कुन सांसद कतिमा किनियो भन्ने प्रमाण म संग छ



कमल थापा पक्षीय सांसद दिलनाथ गिरीले पशुपति शमशेर राणाले केन्द्रिय सदस्यलाई पैसामा किनेको आरोप लगाएका छन् । गिरीले भने, “एकएक गरेर प्रमाणित गरिदिन्छु । हरेक सदस्यलाई बोलाएर पैसाको प्रस्ताव गरिएको थियो ।”
धेरै केन्द्रिय सदस्य र सासंदले पैसाको प्रस्ताव अस्विकार गरेको तर केही भने पैसामा किनिएको गिरीले आरोप लगाए । “हामीसँग प्रमाण छ ।” गिरीले भने ।
पार्टी दर्ताका लागि निर्वाचन आयोग र सरकारको संरक्षणमा सनाखत गराउने काम भएको गिरीको आरोप छ । गिरी कमल थापाका नजिकका नेता हुन्।
सरकारी पक्षले पशुपतिशमशेरलाई पार्टी फुटाउन उक्साएको दाबी गिरीको छ । पशुपतिशमशेरले सिफारिस गरेकालाई मन्त्री बनाउने आश्वासन सरकारी पक्षले दिएको गिरीको ठोकुवा गरे । हुन पनि देउवाले तीन मन्त्रालय राणालाइ दिने भएका छन। नेपाल ग्यासका पूर्व साहु पशुपतिशमशेरले प्रचण्ड लाइ नेपाल ग्यास बेचेका थिए। त्यहि पैसाले पार्टी फुटाएको आरोप थापा पक्षका नेताले लगाउन थालेका छन।अर्कातिर दिपक बोहोरा लगायतका नेता मंत्री बन्ने लाइनमा लाग्दा पनि पार्टी फुटेको आरोप समेत लाग्न थालेको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय