नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाशकी माइली श्रीमती सिर्जना त्रिपाठीले आमाजू रेणु ढुंगाको कापमा उम्रिएको पिपल बोट भएको भन्दै भरतपुर् महानगरको मेयरमा निर्वाचित भएकोमा बधाई दिएकी छिन।
छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि पूर्वबुहारी सिर्जना त्रिपाठीले ‘रेणु ढुंगाको कापमा उम्रिएको पिपल बोट’ भएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकबाट बधाई दिँदै सिर्जनाले भेटेर बधाई दिने अधिकार खोसिएको भन्दै भावुक शैलीमा ‘रेणु दिदीसँग गला मिलाएर बधाई दिने मन थियो, तर दुर्भाग्य ! त्यो अवसर म बाट खोसियो ।’ भनेर बधाई दिएकी छिन। भक्तपुरमा डेरा लिएर बस्दै आएकी उनको प्रकाश तर्फको छोरा पनि छ। तर उनीहरुबीचको सम्बन्ध पाँच बर्षदेखि राम्रो छैन ।
उनले रेणुलाई पिपलको बोट सरह भरतपुरका नागरिकलाई सितलता दिन आग्रह गरेकी छिन् । ‘सधै अरुलाई सितल दिनु, भरतपुरका मतदाताको धर्म नर्विसिनु, मेयर जितेको दिन जति पवित्र हुनहुन्छ, बाहिरिदा पनि त्यस्तै पवित्र हुनु’ उनले सुझाव दिँदै लेखेकी छिन् । प्रचण्ड पत्नी सीताले प्रकाश संग उनको मागी बिबाह गरिदिएकी थिइन्। माओबादीका दिवंगत नेता पोस्ट बहादुर बोगटीकी छोरी प्रभा प्रकाशकी जेठी श्रीमती थिइन भने श्रीजना माइली हुन्। अहिले कान्छी बिना संगै बस्ने प्रकाशको एक छोरा बिना तर्फका छन।