यस्तो आयो भरतपुर वडा नम्बर–१९ को पछिल्लो खबर,के-के भयो अहिलेसम्म



भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आइन् । उनि आउँदा झमझम पानी परिरहेको थियो । मत हाल्न खासै धेरै कुर्नुपरेन, लीलाले भनिन्–“दुईपटक भोट हाल्न पाएकामा खुशी नै लाग्यो ।” उहाँको एक हप्तापछि रोपाइँ भएकाले फुर्सद नै छ । यहाँका मतदाताले दुईपटक भोट हाल्न पाउनुलाई अवसरका रुपमा लिएका छन् ।

अन्य रोपाइँ भएकाहरु पनि फुर्सद मिलाएर आएको बताएका छन् । “जे नहुनु भै त हाल्यो, के भन्नु र, हामीलाई सुविधा चाहियो, त्यही हो”, लीलाले थपे । बिहानैदेखि परेको पानीका कारण बिहान ७ बजे निकै कम मतदाता मतदानस्थलमा देखिए पनि क्रमशः बढ्दै गएर उत्साह देखिएको हो ।

तीन स्थानमा रहेका छवटा मतदान केन्द्रमा बिहान ११ बजेसम्म ४० प्रतिशतभन्दा बढी मतदान भएको शारदानगर उमावि मतदान केन्द्रका मतदान अधिकृत गंगाधर रिमालले बताए । उनका अनुसार ११ बजेसम्म कुनै मतदान केन्द्रमा ४५ प्रतिशतसम्म र कुनैमा ३५ प्रतिशत हाराहारी मतदान भएको छ ।

त्रिपन्न वर्षीया सन्तमायाँ गुरुङले पनि यो दोस्रोपटक भोट हाल्नुभयो । खुसी छु, किन दुःखी हुनुप-यो र अब, गुरुङले भनिन्, “राम्रो होस्, राम्रो गर्नु, विकास गर्नु, त्यही हो मेरो भन्नु ।”

उनले जितेर गएपछि वास्तै नगर्ने नेताहरुको बानी रहेको भन्दै दुःखेसो गरे। अहिलेसम्म अन्योलमा बस्नुपरेकाले दुःख लागेको भन्दै मतदाताले निकास हुन्छ र विकासले फड्को मार्छ भनेर भोट हाल्न आएको बताए ।

बिहानभरि पानी परे पनि ९ बजेपछि भने केही रोकिएको थियो । मतदानस्थलमा विभिन्न क्षेत्रका पर्यवेक्षकको उपस्थिति बाक्लै रहेको छ । पत्रकारहरु पानीको परवाह नगरी समाचार संकलन गरिरहेका थिए ।

भरतपुर–१९ का ८३ वर्षका धनमान गुरुङ पनि मतदान गर्न आए । छोरा सुर्जबहादुर गुरुङले उनलाई बोकेर ल्याएका थिए । उनिले पौने १० बजे भोट हालेर फर्किए । युवादेखि वृद्धवृद्धासम्म भोट हाल्न आएका थिए ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण पनि यहाँका मतदाता प्रभावित भएका छन् । काठमाडौँ, पोखरालगायतका स्थानबाट मतदान गर्न आएका धेरै मतदाता मुग्लिनमा नै रोकिएका छन् । नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष उम्मेदवार कर्णबहादुर गुरुङले काठमाडौँबाट दुईवटा माइक्रोबसमा आएका मतदाता पहिरोका कारण मुग्लिनमा नै रोकिएको जानकारी दिए।

नेकपा (एमाले)का तर्फबाट भरतपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले कामको व्यस्तता, झरी र हिलो पार गर्दै उत्साहजनकरुपमा मतदान गर्न सर्वसाधारण आइरहेको बताउँदै यो उत्साह राम्रो भएको बताउनुभयो । उहाँले जनता जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जनप्रतिनिधि छान्न आतुर रहेको देखिएको प्रतिक्रिया दिए ।

माओवादी केन्द्रका तर्फबाट भरतपुरको प्रमुख पदका उम्मेदवार रेणु दाहालले दोस्रोपटक पुनः मतदान हुँदा पनि मतदाता उत्साहजनकरुपमा मतदानमा सहभागी भएको बताउनुभयो । घरायसी कामको दबाब र मौसमको प्रतिकूलतालाई चिर्दै सर्वसाधारण मतदानमा भाग लिएको उनको भनाइ छ ।

काँग्रेस उपप्रमुखका उम्मेदवार पार्वती शाहले भने, “पहिले मतदाताले राम्ररी बुझ्न नसकेकाले समस्या भएको आवेशमा गल्ती पनि भयो, अब गल्ती हुँदैन भन्ने मतदाताको भनाइ छ ।” नहुने घटना भएपछि अब अहिले राम्रो भएको उनको भनाइ छ ।

मतदानस्थलको एकसय मिटर वरपर निषेधित क्षेत्र घोषणा गरेर सुरक्षा व्यवस्था कडा पारिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापा बताउँछन् ।

भरतपुर–१९ मा तीनवटा मतदानस्थलमा छवटा मतदान केन्द्र रहेको छ । किरण मावि किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कूल तीन हजार ७९७ मतदाता छन् ।

जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वाेच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज निर्वाचन भएको हो ।

बिहान सात बजेबाट सुरु भएको मतदानमा करिब ५० प्रतिशत मत खसेको छ । प्रचण्ड गर्मीका बीच मतदानस्थलमा मतदाताको उल्लेख्य सहभागिता देखिएको छ । मतदान भइहरेका ६ वटै केन्द्रमा सम्भावित वर्षातलाई मध्यनजर गरी त्रिपालको व्यवस्था गरिएको छ । निर्वाचन उल्लेख्य जनसहभागितासहित शान्तिपूर्ण रुपमा जारी रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

प्रजिअ भट्टका अनुसार ६ वटा केन्द्रमा गरी पहिलो घेरामा ४६१ नेपाल प्रहरी, दोश्रो घेरामा ३ सयभन्दा बढी सशस्त्र प्रहरी र अन्तिम तेश्रो घेरामा एक सय बढी संख्यामा नेपाली सेना परिचालित गरिएको छ । गत वैशाख १ गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेका थिए । मतगणना सुचारु गराउन माग गर्दै एमाले वडा सदस्यका उम्मेदवारले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तिम सुनुवाई गर्दै पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय सदर गरेपछि उक्त वडामा पुनः मतदान भएको हो ।

भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल चुनावी प्रतिस्पर्धामा छन् । रेणुलाई सत्तारुढ काँग्रेसले समेत समर्थन गरेको छ । मतदान जारी रहेको वढडा नम्बर–१९ र २०९ नम्बर वडाको मतगणना बाँकी हुँदा ज्ञवाली दाहालभन्दा ७ सय ३३ मतले अगाडि छन् । अघिल्लो निर्वाचनमा उक्त वडामा २ हजार ८ ९७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम