काठमाडौँका कोठाकोठामा खराब काम हुने सूचना आयो भन्दै गृहमन्त्रीले भने- त्यसो गर्नेलाइ सिसि क्यामेरा राखेरै भए पनि तह लगाइन्छ



गृहमन्त्री जनार्दन शर्माले काठमाडौँ विकृति र विसंगतिको राजधानी भएको भन्दै आफुले त्यसलाई सोत्तर पार्ने बताएका छन।त्यस्ता क्रियाकलाप निस्तेज पार्न आफु डटेर लाग्ने उनको भनाइ थियो। हरेक पटक मन्त्री हुदा फरक छाप छोड्ने गरेका शर्मा गृह मन्त्री बनेपछी पनि काम गरेर चर्चित हुन थालेका छन।

शुक्रबार राजधानीमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आयोजित कार्यक्रममा मन्त्री शर्माले उपत्यकामा भरिएको विकृतिको धुलो हटाउने प्रतिवद्धता जनाए । उनले विकृति अन्त्यका लागि प्रहरीलाई जनताको साथ चाहिने स्पष्ट गरे । ‘म काडमाण्डुमा भरिएको विकृति र विसंगतिको धुलो हटाउँछु’, उनले भने, ‘त्यसका लागि प्रहरीलाई जनताको साथ चाहियो ।’ शर्माले काठमाण्डुको सडकमा मात्र नभई घरका कोठाकोठा विकृतिको धुलोले भरिएको टिप्पणी गरे ।

‘धुलो सडकमा मात्र छैन, घरका कोठाकोठामा छ’, उनले भने, ‘नागरिकको सहयोगमा ती सबै विकृतिका धुलो सफा पार्न गृह प्रशासन प्रतिबद्ध छ ।’ शर्माले आफ्ना टोलमा भए गरेका खरब गतिविधिका सूचना गृह प्रशासन र प्रहरीलाई दिन पनि काठमाण्डुबासीलाई अपिल गरे । ‘तपाईंहरु नराम्रा गतिविधिका सूचना दिनुस, प्रहरीले ठीक पार्छ’, उनले भने ।

नागरिकको सहयोग बिना प्रहरीको एक्लो प्रयासले शान्ति सुरक्षा कायम गर्न कठिन हुने भन्दै शर्माले नागरिक प्रहरीको साथी बनेर सहयोग गरे मात्र नया पन आउने बताए। काठमाडौँका प्राय जसो घरमा अनैतिक काम हुने अड्डा संचालन हुने गरेको गुनासो आएको भन्दै मन्त्री शर्माले आबश्यक परे सिसिटीवी जडान गरेर भए पनि नियन्त्रण गरिने बताएका छन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय