चुनाबभर कांग्रेसले बिर्सिने भो गुट,मधेश जित्न देउवा र पौडेल भए एकजुट



संसद्को सबै भन्दा ठुलो र नेपालकै पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस चुनावी कार्यक्रम लिएर मधेश झरेको छ । गुटको राजनितीले सिथिल बनेको कांग्रेस ले २ नम्बर प्रदेश कब्जा गर्न एक जुट भएको संदेश समेत जनकपुर बाट दिने भएको छ। असोज २ गते २ नम्बर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बन्ने लक्ष्यसहित मधेश झरेको कांग्रेसले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई पनि मध्यनजर गर्दै कार्यक्रम गर्न लागेको हो । त्यसका लागी पार्टी सभापति रहेका प्रधानमन्त्री शेर बहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेल एकजुट भएका छन।

आज कांग्रेसले जनकपुरमा प्रदेश भेला गर्दैछ । उक्त भेलालाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेललगायतका शीर्षस्थ नेताहरुले सम्बोधन गर्नेछन् ।पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमाले भन्दा ५० सिटले पछि परेर दोस्रो दलमा रहेको कांग्रेस अब दुई नम्बर प्रदेशबाट एक सय सिट जितेर पहिलो पार्टी बन्ने रणनीतिमा रहेको छ । २ नम्बर प्रदेशको आठ जिल्लामा एक सय २७ स्थानीय तह रहेका छन् । कांग्रेसले एक सय सिट जित्ने दाबी गर्दै आएको छ । आउँदो माघ ७ गतेभित्र स्थानीय तहसहित प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गरिसक्नु पर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ । त्यसका लागी समेत कांग्रेस नेताहरु काधमा काँध मिलाएर अगी बढ्ने भएका छन।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम