मोदीले बैठकमै अख्तियारका प्रमुख आयुक्तको किन सातो लिए?
सामाजिक सरोकारका बिषय माथी सदन लगायतका स्थानमा बोल्दै आएका माओबादी केन्द्रका सांसद अमनलाल मोदीले सर्पको खुट्टा सर्पले नै देख्छ भने झैँ अख्तियारले कर्मचारी मात्र समातेको बिषयलाइ लिएर अख्तियार दुरुपायोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातको कार्यशैलीको बिरोध गरेका छन। अख्तियार आफैले पैसा लगानी गरेर कतिपयलाइ पूर्वाग्रही ढंगले फसाएको भन्दै बस्न्यातको योग्यता माथीनै प्रश्न उठाईदिएका छन। साथै उनले
राजनीतिक क्षेत्र माथि अनियमितता भएको भनेर उठिरहेको प्रश्नमा अख्तियार मौन बस्नुले आशंका जन्मिएको भन्दै दीप बस्न्यातलाइ प्रश्न समेत गरेका छन। संसदको सुशासन समितिको बैठकमा बोल्दै मोदीले भ्रष्टहरु नसमातिएसम्म नागरिकले सुशासनको प्रत्याभूति गर्न नसक्ने पनि बताए । तर त्यो सबै गर्नमा आयोग चुकेको उनको भनाइ थियो। आयोगका पदाधिकारीलाइ लक्षित गर्दै मोदीले सबै कर्मचारी भ्रस्ट भएको भनिएको ठाउमा तपाईहरु कसरी चोखो बन्नु भयो र अरुलाई छानबिन गर्दै हुनुहुन्छ भन्ने ढंगले घुमाउरो पाराले ब्यङ्ग समेत हानेका मोदी संसदको महाअभियोग समितिका सदस्य समेत छन। हल्ला मात्र नगरी यदि राजनीतिक तहमा अनियमितता भएको छ भने छानबिन गर्न समेत उनले जोडदार माग गरेका छन।
उनले त्यस्ता चर्चामा रहेका बिषयलाइ गम्भीर ढंगले नलिदा शंका उत्पन्न भएकोमा बिशेष जोड दिएका थिए। अख्तियारलाई राजनीतिक नेतृत्व, निजी क्षेत्र र अकुत सम्पत्ति आर्जन गर्ने ‘ठूला माछा’मा पनि आँखा लगाउन नसकेको भन्दै बैठकमै मोदीले बस्न्यातको झाँको झारेको अर्का सांसदले बताए। जवाफ दिने क्रममा मोदीले तेर्साएको प्रश्नको ठोस उत्तर बस्न्यातले नदिएर लाचारी ब्यक्त गरेका थिए। मोदी तिनै सांसद हुन् जसले संसदमा मेडिकल माफिया बिरुद्द जेहाद छेडेका थिए।
नेपाल सरकारको सचिब बाट अवकाश पाए पछि तपाईहरु अख्तियारको आयुक्त हुनु भएको हो तर सबै कर्मचारी भ्रस्ट भएको भनिदा पनि तपाईहरु चाही चोखो रहनुभएछ यो खुसीको कुरा हो भनेर मोदीले छेड समेत हान्न भ्याए। हुन् त खरो बोल्ने मोदीले सुशासन समितिको बैठकमा लोकमान सिंह कार्कीलाइ र्याखर्याख्ती पारेका थिए। त्यो बेला कुनै सांसदले लोकमानको बिरोधमा बोल्दैन थिए। तर उ बेलै कार्कीको रबैया प्रती बिरोध जनाएका मोदीले भनेझैँ गरि लोकमानको अख्तियार यात्रा पनि समाप्त भयो।

