अवैध सुन फेरी भित्रियो,तस्कर भन्छन महानिरीक्षक अर्याल संग सेटिंग थियो



सुन तस्करीको बात लागेका र सुन तस्करी गर्नमा कुख्यात ठहरिएका संग बाक्लो हिमचिम भएका प्रकाश अर्याल प्रहरी प्रमुख बने संगै सुन तस्करी थप मौलाउन थालेको छ । गत पुस २१ गते शरीर नै जिरिंग पार्ने गरी एकैपटक साढे ३३ किलो अवैध सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएपछि खुलेको सुरक्षाकर्मीको साँठगाँठ अझै रोकिएको छैन । अरु थप झाँगिएको छ ।

निरन्तर अवैध सुन आइरहनु र फाटफुट रुपमा मात्र पक्राउ पर्नुले पनि सुन तस्कर सल्बलाएको प्रस्ट हुन्छ। अस्ति सोमबार मात्र पनि सुन तस्करी भयो।
विमानस्थलबाट नेपाल प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीन जनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि विमानस्थलमा जतिसुकै कडाइ भए पनि सजिलै सुन बाहिर आइरहेको पछिल्लो प्रमाण त्यहि घटना पनि हो।
मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासीका लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए । उनीसँगै कास्कीकी पार्वती गुरुङ पनि थिइन् । सशस्त्रका सइ सञ्जीव मानन्धर पनि विमानस्थलमै कार्यरत थिए ।
प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार सुन पास गराउने जिम्मा सई मानन्धरले लिएका थिए । उनी सुन लिन शौचालय पुग्दा प्रहरीलाई देखेपछि हच्किएका थिए ।

तर विमानस्थल सुरक्षा स्रोत भने तस्करले नेपाल प्रहरीको सट्टा सशस्त्र प्रहरीसंग साँठगाँठ बढाएको बताउँछ ।
सुरक्षाकर्मीसंग मिलेमतो नगरी कुनै पनि हालतमा त्यतिठूलो परिमाणमा सुन भित्र्याउन सकिने सम्भावना नरहेको विमानस्थल स्रोत बताउँछ । भन्सारका कर्मचारी पनि त्यस्ता मिलेमतोमा फस्ने गरेका छन् ।
पटक पटक अवैध सुन फेला पर्दासमेत यस विषयमा सुरक्षाकर्मीको गहन अनुसन्धान भएको पाइँदैन । यसो नहुनुमा सुरक्षाका उच्च अधिकारीहरु नै सामेल भएको हुन सक्ने एक पूर्व प्रहरी प्रमुख बताउँछन् । ३३ किलो सुन तस्करीको मतियार बनेका प्रहरीका एसएसपी अदालत बाट साधारण तारेखमा छुटीसकेका छन। तस्करीको सुन लाइ सफलता पुर्बक एअरपोर्ट बाट पास गराउने कला भएका एक दर्जन प्रहरी ३ बर्ष यता बाट त्यहि कार्यरत छन। श्रोतका अनुसार उनीहरुलाई प्रहरी प्रमुख अर्यालको आशिर्बाद छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय