देवर संग सुतेको भन्दै वडाध्यक्षले गर्भवती महिलालाइ लात्तीले भकुरे पछी……..



सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ८ स्थित सोनापुरमा एक विवाहित महिला माथि निर्घात कुटपिट गरिएको छ ।
सोनापुरकी एक मुस्लिम महिलालाई उनकै पूर्व श्रीमान साहबुद्दीन मियाँसहित सोही वडाका नवनिर्वाचित वडाध्यक्ष मेहंदी हुसैन, उनका छोरा सद्दाम, मईरुद्दीन, अलाउद्दीन, भोला मियाँ लगायतकाले निर्घात कुटपिट गरेको गंभिर घाईते अवस्थामा इनरुवा अस्पतालमा उपचार गराईरहेकी महिला सैरा खातुनले बताईन ।
विवाह गरेको केही वर्षमा श्रीमान विदेश गएको बेला देवरसँग शारिरिक सम्बन्ध राखेको आरोप लगाउँदै पहिलो पतिबाट विदेशबाटै तलाकमा परेकी ति महिलालाई देवर सुहान मियाँको जिम्मा लगाईएको थियो ।
सुहान र सैरा विवाह गरी बस्दै आएकोमा शुक्रवार उनीहरुलाई परिवारले आफ्नो घरमा बोलाएर मरणासन्न हुने गरी कुटपीट गरेका थिए ।
घरबाहिर बस्दै आएका उनीहरुलाई घरबाट बोलाएर शुक्रवार रातीदेखि अलग अलग कोठामा यातना दिएर राखेको पीडितका काका फहिम मियाँले जानकारी दिए । उनका अनुसार कोठामा थुनेर यातना दिदा महिला बेहोस भएपछि शनिवार विराटनगर अस्पताल लगेर सोही दिन सोनापुर ल्याएका थिए ।
आईतवार पञ्चायती छ भनेर बोलाएर पुगेका उनीहरुलाई जवरजस्ती इलाका प्रहरी कार्यालय दुहवी लगेर बोल्न समेत नदिई दवावमा गंभिर घाईते अवस्थामा रहेकी भतिजीलाई जिम्मा लगाएको र पछि यस्तो अवस्थामा मलाई किन जिम्मा लगाएको भनि प्रहरीसँग प्रश्न गर्दा उल्टै हप्काएर पठाएकोले आफू असहाय रुपमा इनरुवा अस्पतालमा उपचार गराउन आएको फहिमले सञ्चारकर्मीहरुलाई बताए ।
पञ्चायतीमै महिलामाथि कुटपीट गरेर उनका पछिल्ला श्रीमान सुहानसँग पुनः जवरजस्ती तलाक गराएर उनको पहिलो श्रीमतिको जिम्मा लगाईएको थियो ।
सैरा खातुनले दोस्रो बिबाह गरेपनि सुःख पाउन नसकेको र लगातार परिवार र समाजको यातना खेप्नु परेको स्थानीय सहबुल मियाँले बताए ।
गंभिर अवस्थामा इनरुवा अस्पतालमा उपचार गराईरहेकी ति महिला गर्भवती छिन । उनको शरिरको सबै अंगमा गंभिर चोटपटकका निलडाम देखिन्छ । खान र राम्ररी बोल्न समेत नसक्ने अवस्थाकी उनी आफू आफ्नै घर परिवार र जनप्रतिनिधिहरुबाट अन्यायमा परेको भन्दै न्यायको लागि समेत कसैले सहयोग नगरेको गुनासो गर्छिन ।
उनले गहभरी आँशु झार्दै भनिन–पहिला श्रीमान्ले त्यसै तलाक दिए, तलाक दिदाँको क्षतिपूर्ति पनि दिएनन, अर्को श्रीमान्बाट पनि जवरजस्ती तलाक गराए । अब म कसको सहाराले आफू र बालबच्चा पाल्नु ? म अवलालाई कसले न्याय दिलाई दिने ?
उनको उपचारमा संलग्न चिकित्सक विशाल सुवेदीले हड्डी भाँचिने लगायतका अवस्था नदेखिएपछि बाहिरी घाऊहरु गंभिर रहेको बताउँदै शरिरको सबै अंगमा लागेको चोटले उनीमाथि ठूलै आक्रमण भएको र ठिक हुन समय लाग्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय