चार श्रीमतीको धनी पोई,मन्त्री नपाए पछी कुना पसी रोइ रोइ देउवालाइ किन लगाए यस्तो घुर्की ?



राप्रपाले मागे जति मन्त्रालय देउवा सरकारले नदिए पछि कमल थापाले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाउदै आक्रोश पोखेका थिए। थापाले जस्तै समाजवादी जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

दोस्रो चरणको सरकार विस्तारमा पनि आफ्नो पार्टीलाई उपेक्षा गरेको भन्दै राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने निर्णय गरेको थियो । तर, राप्रपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । राप्रपाले प्रधानमन्त्री निर्वाचनमा देउवालाई भोट हालेको थियो ।

प्रधानमन्त्री निर्वाचनमा देउवालाई नै भोट हाल्ने प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा छिट्टै छलफल गर्ने भएको छ । सिंहको यो घुर्कीलाई मन्त्री बन्न ‘बार्गेनिङ’ भएको धेरैको बुझाई छ । उनले अघिल्लो पटक प्रचण्ड प्रधानमन्त्री बन्दा दुबोको माला लगाई दिएर चाकडी गरेका थिए।

प्रधानमन्त्री देउवा एक दुई सिटे दललाई मन्त्री दिने पक्षमा छैनन् । तर, संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ लैजाने बेला राप्रपा र समाजवादी जनता पार्टीको असहयोग गर्ने चेतावनीले सरकार अप्ठेरोमा परेको छ । संविधान संशोधन एमालेको सहयोगविना पास नहुने भएकाले पनि देउवाले राप्रपा र समाजवादी पार्टीलाई बेवास्ता गरेको हुन सक्ने राजनीतिक विश्लेषण हुन थालेको छ ।

संसदमा एक सिट भए पनि प्रेमबहादुर सिंह पटक–पटक गरी पाच चोटि मन्त्री भइसकेका छन् । यसपटक पनि उनको मन्त्री बन्ने चाहना थियो । तर, प्रधानमन्त्री देउवाले अहिलेसम्म त्यसबारे छलफल गरेका छैनन् । प्रचण्ड प्रधानमन्त्री हुँदा सिंह मन्त्री बनेका थिए । प्रचण्डले नै उनको पार्टीको सबै खर्चको व्यवस्था गरिदिएको खबर मिडिया एनपीले लेखेको छ । सिंह ४ पत्नीका धनी हुन्।नलिनी नाम गरेकी महिला संग अहिले उनी संगै बस्छन भने एउटी श्रीमती गाउमा र अर्की थानकोटको घरमा बस्ने गरेकी छिन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय