काँग्रेसमा क्रियाशील प्रजातन्त्रका योद्धा दास सिकिस्त बिरामी



हाम्रो इकोनोमि

दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रजातन्त्रका योद्धा सुदिष्टलाल दास अहिले अस्पतालको शय्यामा छटपटाइरहनु भएको छ ।

विसं २०१६ देखि नेपाली काँग्रेसमा क्रियाशील रहँदै आउनुभएका बारा क्षेत्र नं २ का ७५ वर्षीय दासको छ महिनादेखि दुबै मिर्गौलाले काम नगरेपछि नियमित डायलायसिस भइरहेको छ । हाल उहाँलाई पुल्चोकस्थित निदान अस्पतालमा भर्ना गरिएको छ ।

विसं २०२४ मा वीरगन्ज चिनी कारखानामा भएको मजदुर आन्दोलनको नेतृत्व गर्नुभएका उहाँले त्यसपछिका प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको थियो । राजनीतिमा लागेकै कारण उहाँ तीन वर्ष जेल सजाय र सात वर्ष भारतमा निर्वासित हुनु परेको थियो ।

विसं २०४६ पछि नेपाल ट्रेड युनियन काँग्रेसको केन्द्रीय सचिव बन्नुभएका दास हाल विपी चिन्तन प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष र नेपाली काँग्रेस बारा क्षेत्र नं २ का सदस्य हुनुहुन्छ ।

लामो समयदेखि नेपाली काँग्रेसमा नै जीवन समर्पण गर्नुभएका उहाँ अहिले आफू सिकिस्त बिरामी हुँदा पनि पार्टीले उपचारमा कुनै चासो नदेखाएकामा निकै दुःखित हुनुहुन्छ । ‘‘पार्टीकै लागि जीवन बिताइयो तर आज पार्टीबाट कुनै सहयोग पाउन सकिएन’’ आँशु चुहाउँदै उहाँले भन्नुभयो, ‘‘पार्टीका कुनै नेताले पनि चासोसम्म नदाउँदा झनै पीडा हुन्छ ।’’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...