काँग्रेसमा क्रियाशील प्रजातन्त्रका योद्धा दास सिकिस्त बिरामी



दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रजातन्त्रका योद्धा सुदिष्टलाल दास अहिले अस्पतालको शय्यामा छटपटाइरहनु भएको छ ।

विसं २०१६ देखि नेपाली काँग्रेसमा क्रियाशील रहँदै आउनुभएका बारा क्षेत्र नं २ का ७५ वर्षीय दासको छ महिनादेखि दुबै मिर्गौलाले काम नगरेपछि नियमित डायलायसिस भइरहेको छ । हाल उहाँलाई पुल्चोकस्थित निदान अस्पतालमा भर्ना गरिएको छ ।

विसं २०२४ मा वीरगन्ज चिनी कारखानामा भएको मजदुर आन्दोलनको नेतृत्व गर्नुभएका उहाँले त्यसपछिका प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको थियो । राजनीतिमा लागेकै कारण उहाँ तीन वर्ष जेल सजाय र सात वर्ष भारतमा निर्वासित हुनु परेको थियो ।

विसं २०४६ पछि नेपाल ट्रेड युनियन काँग्रेसको केन्द्रीय सचिव बन्नुभएका दास हाल विपी चिन्तन प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष र नेपाली काँग्रेस बारा क्षेत्र नं २ का सदस्य हुनुहुन्छ ।

लामो समयदेखि नेपाली काँग्रेसमा नै जीवन समर्पण गर्नुभएका उहाँ अहिले आफू सिकिस्त बिरामी हुँदा पनि पार्टीले उपचारमा कुनै चासो नदेखाएकामा निकै दुःखित हुनुहुन्छ । ‘‘पार्टीकै लागि जीवन बिताइयो तर आज पार्टीबाट कुनै सहयोग पाउन सकिएन’’ आँशु चुहाउँदै उहाँले भन्नुभयो, ‘‘पार्टीका कुनै नेताले पनि चासोसम्म नदाउँदा झनै पीडा हुन्छ ।’’

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम