महाकाली सन्धि फेरि अलपत्र, चाजोपाँजो मिलिसक्दा पनि देउवालाइ किन आएन पत्र



प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाबारे आइतबार उपप्रधानमन्त्री कृष्णबहादुर महराले परराष्ट्र मन्त्रालयमा सरोकारवाला अधिकारीसँग छलफल गरेका थिए । छलफलमा ऊर्जासचिव महेन्द्रबहादुुर शाही, ऊर्जासचिव अनुपकुमार उपाध्याय, कृषिसचिव डा. सुरोज पोखरेल, अर्थ, आपूर्ति, गृह, वातावरण मन्त्रालयका सहसचिव सहभागी थिए । बैठकमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए ।

स्रोतका अनुसार सो बैठकमा प्रधानमन्त्रीको भ्रमण मिति र आर्थिक एजेन्डाबारे छलफल भएको थियो । बैठकमा भारतका कारण पञ्चेश्वर बहुउद्देश्यीय प्राधिकरणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा सहमति जुट्न नसकेको चर्चा भएको थियो । ‘जुलाईमा दुई पक्षबीच पञ्चेश्वरको डिपिआरमा सहमति जुट्ने गरी काम गर्ने भनिएको थियो । तर, प्रधानमन्त्रीको भ्रमणमा पनि यसबारे सहमति नहुने भयो,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यसपटक पनि पञ्चेश्वरबारे कुरा मात्रै हुने भयो ।’

२२ वर्षअघि देउवा प्रधानमन्त्री हुँदा भएको महाकाली सन्धिअनुसार पञ्चेश्वरको डिपिआर ६ महिनामा तयार गर्ने सहमति भएको थियो । यसपटक देउवाले यसबारे चासो राखेका छन्, तर प्राविधिक तहमा सहमति जुट्न नसक्दा यसपटक निर्णय हुने सम्भावना नरहेको सम्बद्ध अधिकारीहरूको भनाइ छ । ‘उपप्रधानमन्त्रीज्यूले प्रधानमन्त्रीको भ्रमण तयारीका सन्दर्भमा जानकारी लिनुभएको हो, कुराकानी चलिरहेको छ, कुनै टुंगिसकेको छैन,’ उपप्रधानमन्त्री महराका प्रमुख स्वकीय सचिव युवराज चौलागाईंले भने । उनका अनुसार महराले सोमबार लगानी बोर्डका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ । प्रधानमंत्री देउवालाइ भारतले भने निम्तो पठाई सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।