प्रहरीको अभिभाबकले गरेनन् हेरचहा,जता जता बाहुन उतै उतै स्वाहा



सुनकाण्डमा नाम जोडिए पछी चुपचाप बसेका प्रकाश अर्यालको खप्पर यति बलियो भयो कि उनले नचिताएको पद प्रहरी महानिरीक्षक आइ लाग्यो। नसोचेको र प्राप्त गर्न सक्दिन भन्ने ठानेरै चुपचाप बसेका अर्यालको दादागिरीले यति बेला फस्टाउने मौका पाएको छ। तर संगठनको प्रमुख भए पनि यिनले गृहमन्त्रीले जे जे भन्यो सोहि मात्र गर्ने गरेका छन। जता जता बाहुन उता उता स्वाहा भने जस्तै पहुच वालले जे भन्यो त्यो गर्ने बाहेक उनले अन्य सिन्को समेत भाच्न सकेका छैनन्।

आफ्नो भजन गाउने लाइ जे पनि गर्ने ल्याकत राख्ने अर्यालकै कारण प्रहरी पंगु हरुको जत्था बन्ने चरणमा पुगेको छ। र त्यसको अगुवाई उनै अर्यालले गरेका छन। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई काजमा तान्न अनि प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सर्वेन्द्र खनाललाई ट्राफिक प्रहरी महाशाखा पठाउन मुख्यालयमा पत्र पठाएको स्रोतले जनाएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले अडान लिन नसक्दा विनाआरोप लामालाई काजमा तानिएको चर्चा मुख्यालयमा छ । लामा असार ३० गते एआईजी बढुवाको सिफारिसमा परेका थिए । मंगलबार मात्र उनलाई मुख्यालय तानेर डीआईजी बढुवा सिफारिसमा परेका एसएसपी खनाललाई महाशाखाको जिम्मेवारी सुम्पिएको छ । उच्च प्रहरी अधिकारीको काज सरुवाबारे पूर्वआईजीपी कुवेरसिंह राना भन्छन्, ( बढुवा सिफारिसमा परिसकेको अवस्थामा नियमित प्रक्रियामा सरुवा गरेको भए राम्रो हुन्थ्यो, दबाब आयो भन्दैमा संगठन प्रमुखले गलत सन्देश दिने काम गर्नुहुँदैनथ्यो । राना मात्र होइन सांसद समेत रहेका पूर्व प्रहरी प्रमुख रबिन्द्र प्रताप शाहले समेत त्यसको बिरोध गरेका छन्।

एसएसपीबाट डीआईजीका लागि बढुवा सिफारिस गर्दा पनि आईजीपी अर्याल विवादको घेराबाट बाहिर रहन सकेनन् । ब्याडमिन्टन खेल्दा लडेर अर्धचेत अवस्थामा रहेका एसएसपी राजेन्द्रमान श्रेष्ठ बढुवा सिफारिसमा परेनन् । उनी एसएसपीमा तेस्रो नम्बरका अधिकृत हुन् । उनकै ब्याचका एक प्रहरी अधिकृत भन्छन्, आईजीपीले यो राम्रो गर्नुभएन, उहाँले गृहमन्त्रीलाई कन्भिन्स गर्न सक्नुपर्थ्यो । एक तह सम्मानस्वरूप बढुवा दिएपछि अर्कोपटक विचार गर्न सकिन्थ्यो । श्रेष्ठलाई अन्तिम अवस्थामा अपमानित गरियो । प्रहरी स्रोतका अनुसार एसएसपी श्रेष्ठलाई बढुवा गर्नुपर्ने आशयसहितको पत्र मन्त्रालयमा पुगेको छ ।

पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालले तत्कालीन गृहमन्त्री वामदेव गौतम र विमलेन्द्र निधिसँग बढुवा सिफारिस गर्दा खटपट परे पनि प्रहरी अधिकृतको पक्षमा लबिङ गरेका थिए । एसएसपी रमेश खरेललाई नसिहत दिन गौतमले दिएको निर्देशनको अवज्ञा गर्दै उनी राम्रा प्रहरी अधिकृतको वृत्तिविकासमा असर पर्ने खालको निर्णय नगरौुं भन्दै खरेलको पक्षमा उभिएका थिए । निधिले काठमाडौं परिसरमा छविलाल जोशीलाई ल्याउन दबाब दिएका थिए । उपेन्द्रकान्तले अस्वीकार गरेपछि जोशीलाई एकलौटी ढंगले काठमाडौं परिसरमा ल्याउन निधि सफल भएका थिए ।

पूर्वआईजीपीजति पनि अडान अहिलेको आईजीपी साहेबमा छैनु, एक प्रहरी अधिकृत भन्छन्, आईजीपी अर्यालको व्यस्तता अत्यधिक देखिए पनि विवादबाट मुक्त हुन सक्नुभएको छैन । गृह मन्त्रालयबाट एक सहसचिवले फोन गरे भने पनि आईजीपी साहेब आफैं पुग्नुहुन्छ, सचिवालयमा उहाँका सहयोगी राखेको के काम र ?

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय