देउवाले जथाभाबी पैसा बाड्न र विदेश पठाउन थाले,कसले कति लाख पाए,को-को विदेश गए



प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार सम्हाल्ने क्रममा सुशासनका लागि सदाचार नीति लागू गर्ने निर्णय गरेका थिए । त्यसको विपरीत मन्त्रिपरिषद्ले भने धमाधम आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्ने कामलाई बढावा दिइरहेका छन।

असार मसान्तसम्म मन्त्रिपरिषद्ले एक गैरसरकारी संस्था र अन्य आठजनालाई गरी ४५ लाख आर्थिक सहायता वितरण गरेको छ । असार महिनामा मात्र आठजनालाई २९ लाख र सुर्खेतको महिला जेसिसलाई १५ लाख दिइएको छ ।

संसद्को सुशासन समितिका सदस्य जनकराज जोशीले मन्त्रिपरिषद्बाट वितरण हुने आर्थिक सहायता सदाचार नीतिविपरीत भएको बताए । ‘पहुँचका आधारमा वितरण हुने आर्थिक सहायता सुशासनको परिधिभित्र पर्दैन । बिरामी भएर आर्थिक सहायता दिने हो भने स्वास्थ्य मन्त्रालयबाट आउनुपथ्र्यो । गृह मन्त्रालयबाट प्रस्ताव लाने र निर्णय गर्दै पैसा बाँड्ने काम गर्नु सदाचारको परिभाषामा पर्दैन,’ उनले भने ।

यस्तै, मन्त्रिपरिषद् बैठकले असार महिनामा २८ जना सचिव र संवैधानिक आयोगका पदाधिकारीको विदेश भ्रमण स्वीकृत गरेको छ । उनीहरू अध्ययन र अवलोकन भ्रमणका नाममा विदेश जान लागेका हुन् । कुल एक सय १९ निर्णयमध्ये मन्त्रिपरिषद्ले ३५ सरुवा र बढुवाको निर्णय गरेको छ ।

देउवा नेतृत्वको सरकारबाट आर्थिक सहायता पाउनेहरू
-रामहरि जोशीको उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने
– भक्तपुर निवासी सांसद रामेश्वरप्रसाद ढुंगेललाई चार लाख
– बुद्धिकुमारी पाण्डे, आनन्दवन–६ रुपन्देहीलाई पाँच लाख
– विनोदकुमार गुरुङ, सिर्थौली–९ सिन्धुलीलाई तीन लाख
– दुर्गादेवी खड्का, रामेछापलाई तीन लाख
-लक्ष्मी दर्जी रुकु कालिकोटलाई तीन लाख
– गंगाराम नकाल, सानोपेटी–३ रुकुम तीन लाख
– सुमन नकाल सानोपेटी–३ रुकुम तीन लाख
– लेखापाल गिरिराज शर्मा सुवेदीको श्रीमती टीका सुवेदीलाई क्यान्सर उपचारका लागि पाँच लाख
– महिला जेसिस सुर्खेतलाई १५ लाख अनुदान

असार ८ गतेको मन्त्रिपरिषद् बैठकको विदेश भ्रमण स्वीकृतका निर्णयहरू :
– सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवको थाइल्यान्ड भ्रमण स्वीकृत गर्ने ।
– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिवको पोल्यान्ड भ्रमण स्वीकृत गर्ने ।
– लोकसेवा आयोगका सदस्यहरूको क्यानडा भ्रमण स्वीकृत गर्ने ।
– प्रधानमन्त्री कार्यालयका सचिव रामकुमार आचार्यलाई म्यानमार भ्रमणमा जान स्वीकृत गर्ने ।
– कानुनसचिव कमलशाली घिमिरेलाई अमेरिका भ्रमणको स्वीकृत दिने ।
-कृषिसचिव सुरोज पोखरेललाई स्विट्जरल्यान्ड भ्रमणको स्वीकृत दिने ।
– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव भीमबहादुर तामाङलाई थाइल्यान्ड, भियतनाम र कम्बोडिया अध्ययन भ्रमणमा जान स्वीकृत गर्ने ।
– प्रधानसेनापति राजेन्द्र क्षत्रीको अमेरिका भ्रमण स्वीकृत गर्ने ।
– सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङलाई चीनको अवलोकन भ्रमणको स्वीकृति दिने ।

असार २२ गतेको मन्त्रिपरिषद् बैठकको विदेश भ्रमण स्वीकृत निर्णयहरू :
– योजना आयोगका उपाध्यक्षको अमेरिका भ्रमण स्वीकृत गर्ने ।
-योजना आयोगका सदस्य डा. चन्द्रकान्त पौडेललाई थाइल्यान्डको अवलोकन भ्रमणमा जान स्वीकृति दिने ।
– प्रधानमन्त्री कार्यालयका सचिवद्वय गोपीनाथ मैनाली र राजीव गौतमलाई अस्ट्रेलियाको अध्ययन भ्रमणमा जान स्वीकृति दिने ।
– राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेलाई अमेरिका भ्रमणको स्वीकृति दिने ।
– महालेखा परीक्षक टंकमणि शर्मालाई अमेरिका भ्रमणमा जान स्वीकृत गर्ने ।
– कानुन मन्त्रालयका कामु सचिव चिरञ्जीवी खनालको टोलीलाई श्रीलंका भ्रमणमा पठाउने ।
-कृषि विकास मन्त्रालयका सचिव सुरोज पोखरेलको नेतृत्वमा इन्डोनेसिया, मलेसिया र म्यानमार भ्रमणको स्वीकृति दिने ।
– खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवलाई अस्ट्रेलिया भ्रमणको स्वीकृति दिने ।
– परराष्ट्रमन्त्रीको भारत भ्रमणको समर्थन गर्ने ।
– उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत गर्ने ।
– वाणिज्यसचिव ङइन्द्रप्रसाद उपाध्यायको स्विट्जरल्यान्ड भ्रमण स्वीकृत गर्ने ।
– शिक्षामन्त्री र सचिवसहितको टोलीलाई अस्ट्रेलिया भ्रमणको स्वीकृति दिने ।
– श्रम तथा रोजगार सचिव र राष्ट्रिय योजना आयोगका सदस्य डा. कृपासिन्धुप्रसादलाई फिलिपिन्सको अध्ययन भ्रमणमा जान स्वीकृत गर्ने ।
– संघीयता अध्ययन भ्रमणमा भारत भ्रमणको स्वीकृति दिने ।
– सिँचाइसचिव रामानन्दप्रसाद यादवसहितको टोलीलाई …. भ्रमणलाई स्वीकृत गर्ने ।
– (गृहमन्त्री र गृहसचिवको श्रीलंका भ्रमण स्वीकृत गर्ने ।

विदेश भ्रमणका निर्णयहरू
राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको स्वकीय सचिव जीवछ साहसहित सात सदस्यको चीन भ्रमण स्वीकृत । सञ्चार मन्त्रालयका सचिवलाई भुटान भ्रमणको स्वीकृति दिने । त्यसरी जथाभाबी विदेश भ्रमण गराउदा डलरमा भत्ता दिनु पर्ने हुन्छ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय