पानामा प्रकरण पछि पाकिस्तानका प्रधानमन्त्री बर्खास्त, १३ जना नेपाली पनि सोहि प्रकरणमा सामेल भएको तथ्य खुल्यो



पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार प्रधानमन्त्री नवाज सरीफमाथि लामो समयदेखि चर्चामा आइरहेको भ्रष्टाचार आरोपलाई लिएर प्रधानमन्त्रीका रूपमा रहिरहन अयोग्य घोषणा गरेको छ । पानामा पेपर्स खुलासाको झण्डै डेढ वर्षपछि पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ प्रधानमन्त्रीबाट बर्खास्त भएका हुन् । भ्रष्टाचारको आरोपमा मुद्दा परेपछि धेरैको अपेक्षा अनुसार नै तत्काल कार्यालय छोड्न पनि अदालतले निर्देशन दिएको छ ।

दक्षिणअमेरिकी देश पानामाको मोसाक फोनसेक नामक कानूनी फर्मबाट चुहावट भएको कागजातलाई विश्वभर पानामा खुलासा भनेर चर्चा गरिन्छ । खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट आइसिआईजेले कर छली तथा अवैध सम्पत्ति लुकाउने विश्वभरका कयौँ प्रभावशाली सहित लाखौँ गोप्य दस्तावेज सार्बजनिक गरेको थियो । त्यहि सुचिमा नवाज सरिफ पनि परेका थिए। पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँचबर्षे पूर्ण कार्यकाल सम्पन्न गर्न सकेका छैनन् ।

बि.स. २०७२ चैत्र २२ मा भएको उक्त खुलासामा विश्वका धनी र प्रख्यात नेताहरुले ब्रिटिस भर्जिन आईल्यान्डस, पनामा, सिंगापुर र अन्य कर छुट हुने अफसोर देशहरुमा छायाँ कम्पनीहरुमार्फत गरेको लगानीबारे उल्लेख थियो । एक करोडभन्दा धेरै कागजातहरुबाट विश्वभरका सयभन्दा बढी समाचार संस्थाहरुको सहकार्यमा एक वर्षसम्मको अनुसन्धानपछि यो खुलासा गरिएको बताईन्छ । जसमा दुई लाख १४ हजार अफसोर कम्पनी, २०० देशका १४० नेता र अन्य प्रभावशाली व्यवसायी जोडिएका थिए ।सरिफका अलावा अन्य पनि पाकिस्तानमा रहेको बताईएको छ।

उता आइसल्यान्डका प्रधानमन्त्री सिगमुन्दुर गनलाउसन र उनकी पत्नीको नाम पनि पनामा पेपर्समा सार्वजनिक भएको थियो । प्रधानमन्त्री सिगमुन्दुरले करोडौं डलर गुप्त रुपमा देश बाहिर लगानी गरेको खुलासा भएपछि उनले प्रधानमन्त्री पद नै गुमाउनु परेको थियो । त्यस्तै पानामा पेपर्सको खुलासामा परेका चीनीया र रुसी राष्ट्रपतिका प्रवक्ताले विज्ञप्ति जारी गर्दै आरोपको खण्डन समेत गरेका थिए ।

पानामा प्रकरणमा मुछिएका नेपालीहरु यी हुन्
विश्वभरका ख्यातिप्राप्त व्याक्तिहरु समेत मुछिएको पानामा अभियोगमा नेपालीका केही कम्पनी र व्यक्तिहरु पनि परेको बताइएपनि उनीहरु उपर कुनै अनुसन्धान भएको छैन । पानामा कागजातमा परेका नेपालीमा विजेन्द्र जोशी, विजेशकुमार टोडी अग्रवाल, बिमलकाजी ताम्राकार, विनु श्रेष्ठ, विश्ववरसिंह थापा, विश्वधर तुलाधर, डा.श्यामबहादुर कर्माचार्य, हरिशकुमार तोडी, प्रोफेसर शतेन्द्रकुमार गुप्ता, राजेन्द्रकुमार काब्रा, रेनुका प्रधान, रेखा काब्रा र शशिकान्त अग्रवाल रहेको जनाइएको छ । यसका साथै उक्त प्रकरणमा ७ वटा नेपाली कम्पनीहरु पनि परेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय