६ वटा मधेश केन्द्रित दलको मिल्ती बाट बनेको राजपा नेपालका उच्चस्तरका नेता नेपाल प्रहरीको फरार सुचिमा समेटिएका छन। आपराधिक घटना घटाएर
खोजि गर्दा नभेटीएका लाइ प्रहरीले फरार सुचिमा राख्ने गर्दछ। तर राजपाका ती नेताहरु मुलुक छोडेर भागेका भने छैनन्।र पनि प्रहरीले भेटेको भने छैन।
मधेशी जनताको अधिकारको लागि भन्दै आन्दोलनरत राष्ट्रिय जनता पार्टीका केहि नेताहरु नै नेपाल प्रहरीको फरार सुचिमा रहेको खुलासा भएको छ । तेस्रो मधेस आन्दोलनका क्रममा टीकापुरलगायत विभिन्न ठाउँमा भएका घटनामा संलग्न रहेको भन्दै सरकारले २ सय ६ वटा मुद्दा दर्ता गरेको थियो । जसमा ६ सय ८२ जना आन्दोलनकारी मुछिएका छन्। दुई सय ६ मध्ये १ सय ४० वटा मुद्दाको छिनोफानो गरी २ सय ५१ जना आन्दोलनकारीले सफाइ पाइसकेका छन् ।
मधेस आन्दोलनका गम्भीर घटनामध्ये ६६ वटा मुद्दाको छिनोफानो गर्न बाँकी रहेको छ। छिनोफानो गर्न बाँकी रहेका ६६ मुद्दामा ४ सय ३१ जना आन्दोलनकारी मुछिएका छन् । ६६ वटा मुद्दामध्ये ५२ वटा मुद्दाका २ सय ७२ जना अहिले पनि फरार सूचीमा रहेका छन्। तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र हाल राजपा नेपालका पदाधिकारीहरु पनि फरार सूचीमा छन्। मुद्दा फिर्ता हुने छलफलका क्रममा गम्भीर प्रकृतिको मानिएको टिकापुर घटनामा राजपाका केन्द्रीय सचिव रेशम चौधरीसहितका पदाधिकारी फरार छन् । यस्तै जलेश्वरमा प्रहरी हत्याको घटनामा संलग्न रहेका महासचिव देवेन्द्र यादवसहितका नेताहरु फरार सूचीमा छन् । झन्डै हजार जनाको केन्द्रिय समिति रहेको राजपामा ८ दर्जन बढी केन्द्रिय सदस्यलाइ प्रहरीले फरारको सुचिमा करार गरेको छ।