चीन बाट फर्किए पछि ओलीको बेग्लै रोल,राजपाका नेतालाइ लगाए यस्तो पोल



तिब्बतको एक साता लामो भ्रमण सकेर आज स्वदेश फर्किएका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको कारणले राजपा दोस्रो चरणको चुनावमा सहभागी नभएको आरोप लगाएका छन् ।
उनले भने,राजपा दोस्रो चरणको निर्वाचनमा सहभागि नहुने थिएन, कांग्रेसले घुमाई फिराई चुनावमा सहभागि हुन दिएन, यसपटक पनि राजपालाई चुनावमा आउन नदिन कांग्रेसले अनेक बहाना खोजिरहेको छ, राजपा चुनावमा आए भोट घट्छ भन्ने कांग्रेसले सोचिरहेको छ । यस्तो कुरामा राजनीति नगर्न म कांग्रेसलाई आग्रह गर्छु ।’अध्यक्ष ओलीले दोस्रो चरणको चुनावमै सहभागि हुन खोजिरहेको राजपालाई कांग्रेसले घुमाई फिराई चुनावमा आउन नदिएको पनि खुलासा गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले संविधान संशोधनलाई खेलांचीको विषय नबनाउन चेतावनी दिए । अहिलेको संसद संविधानसभाबाट रुपान्तरित भएको स्मरण गराउँदै ओलीले असन्तुष्ट दलहरुको माग सम्बोधन गर्न पहिलो पटक संविधान संशोधन भइसकेको बताए । संविधान संशोधन र चुनावजस्तो संवेदनशील विषयलाई राजनीतिक दाउपेचको विषय नबनाउन सरकारको नेतृत्व गरेको कांग्रेसलाई सुझाब दिएका हुन् । उनले यो सबै कुरा चीन जानु पूर्व महन्थ ठाकुरलाई भेटेर भनिसकेका थिए।

‘संविधान संविधानसभाले बनायो, अव त्यसलाई संशोधन गर्नुपरे नयाँ संसदले गर्छ । यो नयाँ संसद होइन, आवश्यक कानुन बनाउनका लागि राखिएको रुपान्तरित संसद हो’ ओलीले भने, ‘राजपा लगायतका दलहरुका लागि भनेर सुशील कोइरालाजीले हाम्रो असहमतिका बाबजुद संविधान संशोधन ल्याउनु भयो, हामीले हुँदैन भन्यौं । यति गरेपछि उहाँहरुले मान्नुहुन्छ भन्नुभएको थियो । लौ नत मान्छ भने भनेर संविधान संशोधन गरियो ।’ओलीले संविधान संशोधनलाई खेलाँचीको विषय बनाएर देशहितको विषयलाई पनि राजनीति गर्ने विषय नबनाउन आग्रह गरेका छन् । उता एमालेले २ नम्बर प्रदेशमा पहिलो पार्टी बन्न दर्जन नेतालाई मधेश पठाएको छ।

 

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)