जनप्रतिनिधिलाई नेपाली पोशाक अनिवार्य



हाम्रो इकोनोमि

जिल्लाको छ थर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् ।

गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यूचोली र ढाकाको पछ््यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र ढाकाको टोपी अनिवार्य रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् ।

बिहीबार बसेको गाउँकार्यपालिकाको पहिलो बैठकले कुनै पनि औपचारिक कार्यक्रममा जनप्रतिनिधिको रुपमा सहभागी हुँदा नेपाली पोशाक लगाउने र जिल्लाको गहनाको रुपमा ढाका कपडाको प्रवद्र्धनका लागि ढाकाका कपडासमेत प्रयोग गर्ने निर्णय भएको अध्यक्ष सन्तवीर तिगेलाले बताउनुभयो ।

बैठकले गाउँपालिकामा निर्वाचित कोही पनि प्रतिनिधिलाई बेरोजगार वा फुर्सदिलो नहुने गरी विभिन्न १० वटा विषयगत समिति समेत गठन गरेको छ । गाउँकार्यपालिकाले विगतदेखि हालसम्म सञ्चालनमा रहेका सबै योजनाको अनुगमन, निरीक्षण र पारदर्शी बनाउनमा जोड दिने निर्णय गरेको छ ।

जिल्लाका कान्छा प्रमुखका रुपमा चर्चामा आएका युवा नेता तिगेलाले पाँच वर्षभित्र गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने गरी टिमलाई क्रियाशील बनाएर काम गर्ने बताउनुभयो ।

उहाँले गाउँपालिकाको समृद्धिका लागि निर्वाचित भएका सबै जनप्रतिनिधिलाई सक्रिय राख्न सबैको आ–आफ्नो क्षमता र दक्षता बमोजिमको जिम्मेवारी दिइएको उल्लेख गर्नुभयो ।

छथर गाउँपालिकाका लागि सरकारले रु २३ करोड ४५ लाख बराबरको बजेट सीमा तोकिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...