माघ ७ भित्र निर्वाचन गर्न पर्याप्त पहल नभएको सभामुखको गुनासो



हाम्रो इकोनोमि

सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलहरुले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न अझै पर्याप्त पहल गर्न नसकेको गुनासो गरेकी छन् ।

सभामुख घर्तीले असन्तुष्टहरुलाई वार्ता र संवादमार्फत् सम्बोधन गरी सबै पक्षलाई संविधान कार्यान्वयनको मूलधारमा ल्याउन सरकारसँग आग्रह पनि गरेकी छन् ।

विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संवैधानिक व्यवस्था अनुसार सबै तहको निर्वाचन सम्पन्न गरी मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक उन्नतितर्फ डोहो¥याउने दायित्व सरकार र राजनीतिक दलहरुकै भएको पनि स्पष्ट पारिन् । संविधानमा आगामी माघ ७ गते भित्र प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ ।

सभामुख घर्तीले संविधानले सबै वर्गको उत्थान हुने क्रान्तिकारी व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान नसकिने हो कि भन्ने आशंका बढदै गएको पनि उल्लेख गरिन् । उनले मुलुकलाई निकास दिन दलहरुबीच बलियो सहकार्यको आवश्यक्तामा पनि जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...