माघ ७ भित्र निर्वाचन गर्न पर्याप्त पहल नभएको सभामुखको गुनासो



सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलहरुले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न अझै पर्याप्त पहल गर्न नसकेको गुनासो गरेकी छन् ।

सभामुख घर्तीले असन्तुष्टहरुलाई वार्ता र संवादमार्फत् सम्बोधन गरी सबै पक्षलाई संविधान कार्यान्वयनको मूलधारमा ल्याउन सरकारसँग आग्रह पनि गरेकी छन् ।

विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संवैधानिक व्यवस्था अनुसार सबै तहको निर्वाचन सम्पन्न गरी मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक उन्नतितर्फ डोहो¥याउने दायित्व सरकार र राजनीतिक दलहरुकै भएको पनि स्पष्ट पारिन् । संविधानमा आगामी माघ ७ गते भित्र प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ ।

सभामुख घर्तीले संविधानले सबै वर्गको उत्थान हुने क्रान्तिकारी व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान नसकिने हो कि भन्ने आशंका बढदै गएको पनि उल्लेख गरिन् । उनले मुलुकलाई निकास दिन दलहरुबीच बलियो सहकार्यको आवश्यक्तामा पनि जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम