अन्तर्घातका सरदारलाइ ठिक पार्छु भन्दै देउवाले भने-रामचन्द्रजी धेरै कच्कच् नगर्नुहोस,बहुमत छ भन्ने त हेक्का होला नि?



स्थानीय तहको चुनाबमा कांग्रेस हारेको नभई कांग्रेसको मत अन्यत्र पारेका कारण सोचे अनुकुलको नतिजा नआएको प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापतिले बताएका छन। देउवाले सोमबार रातिसम्म चलेको बैठकमा बोल्दै भने,‘अन्तर्घातीलाई कारबाही नगरेसम्म चुनाव जितिंँदैन । सानालाई होइन, अन्तर्घातीको नाइकेलाई कारबाही गर्छु । पार्टीमा भिडतन्त्र असाध्यै भयो, अब चुस्त दुरुस्त बनाउनैपर्छ।’अन्तरघातका कारण समस्या आएको उनको निचोड थियो।

साथै उनले यसभन्दा अगाडि यस्तो लफडा नभएको दाबी गरे । उनले भने, ‘हामीले यसअघि पनि थुप्रैपटक निर्वाचन गरेका छौंँ, तर यसपटक जति लफडा र झमेला भएको थाहा थिएन । यस्तै लफडाका कारण टिकट वितरणमा ढिलाइ भएको हो । यही ढिलाइ र अन्तर्घातका कारण हामी एमालेभन्दा अलि पछि परेका हौं ।’अब त्यस्तो हुदैन।अन्तर्घात गर्ने जुनसुकै गुटको किन नहोस त्यसलाइ बाँकी नराख्ने देउवाको भनाइ थियो।

पार्टीका संरचना र तहलाई समयमा गर्न नसकिएको हो । आन्तरिक किचलोको कारणले हो । पदाधिकारी चयन, विभाग गठनसहितका पार्टीका तहलाई सर्वसम्मत रूपमा गरौं भन्दा ढिलाइ भइरहेको हो । सहमति भए म भोलि नै गर्न तयार छु । रामचन्द्रजी तपाई सहयोग गर्न तयार रहनुस् । सहमति नभए अब केही दिनपछि बहुमतले भए पनि गर्छु । अब धेरै कच् कच् सुन्दिन भन्दै देउवाले पेलेर जाने संकेत बैठकमा गरेको एक नेताले बताए।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय