राष्ट्रपति र उपराष्ट्रपतिको तलबमा भारी बृद्दी, १५ देश घुमे भत्तै भत्ता



प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण पुगेको छ। तर सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सेवासुविधा बढाउन बनेको विधेयक संसदमा प्रस्तुत गरेको छ । विधेयक पारित भएसंगै राष्ट्रपतिको मासिक पारिश्रमिक एक लाख ५० हजार चार सय ५० र उपराष्ट्रपतिको एक लाख आठ हजार ३० रुपैयाँ पुग्नेछ ।

यसअघिको प्रचण्ड नेतृत्वको सरकारले गत जेठ १६ मा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गराएको थियो । सो विधेयकलाई आजको संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्ने कार्यसूची भए पनि उनी उपस्थित भएनन् । प्रधानमन्त्री पार्टी बैठकमा नेताको खप्की खादै छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिले पाउने दैनिक भत्ता र बिमामा समेत व्यापक वृद्धि गरिएको छ । स्वदेशमा भ्रमण गर्दा ३३ सय र विदेश भ्रमण गर्दा २५० अमेरिकी डलर पाउने व्यवस्था विधेयकमा उल्लेख छ । त्यो प्रतिदिनको हो। रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनान अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान र बहराइनको भ्रमणमा ३३ प्रतिशत थप रकम दिने व्यवस्था समेत विधेयकमा उल्लेख गरिएको छ । हंगकंग जादा पनि बिशेष भत्ताको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)