प्रचण्डले भने प्रधानमन्त्री हुँदा मैले दहि च्युरे निर्णय गरे,कसरी भएछन त उनी दोक्ला?



संविधान संशोधन गर्छु भन्ने वाचा गरेर नै प्रधानमन्त्री बन्न सफल भएका प्रचण्डले प्रदेश नम्बर ५ बिभाजन गर्न हुदैन भनेर आफु प्रधानमन्त्री छदा उकासेको तथ्य सार्बजनिक गरेका छन। दाहालले संविधान संविधान संशोधनको पक्षमा निकै चर्का भाषणबाजी गरे। नागरिकता र भाषाको विषयसँगै पाँच नम्बर प्रदेशको सिमांकन हेरफेर गर्ने सत्ता गठबन्धनको निर्णयविरुद्ध जनमानसमा ठूलो आवाज उठ्यो। संविधान संशोधनविरुद्ध उभिएको एमालेले बुटवलसहितका स्थानमा सिमांकन परिवर्तन गर्न खोज्ने प्रस्तावविरुद्ध आन्दोलनको नेतृत्व नै गर्‍यो। सो आन्दोलनमा काँग्रेसका चन्द्र भण्डारीसहितका नेताहरु सहभागी भए। माओबादी बाट टोपबहादुर रायमाझी थिए।उक्त आन्दोलन सरकार विरुद्ध थियो सरकार प्रचण्डको थियो।आफ्नो निर्णय विरुद्ध रायमाझी लाइ खटाएका थिए।

एकातिर प्रधानमन्त्री दाहाल संविधान संशोधन हुनुपर्छ भनेर चर्का कुरा गरिरहेका थिए। अर्कोतिर उनकै पार्टी प्रभावशाली नेता टोपबहादुर रायमाझी त्यसविरुद्ध सार्वजनिक सम्बोधन गर्दै हिँडिरहेका थिए। प्रधानमन्त्री दाहालको प्रस्तावविरुद्ध उनी पाँच नम्बर प्रदेशका विभिन्न जिल्लाका सार्वजनिक कार्यक्रममै सहभागी भएका थिए। त्यतिबेला उनलाई कारवाही हुनुपर्ने माग पार्टीकै कतिपय नेताले उठाए। तर झन्डै ९ महिनापछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेता रायमाझी आफूसँग सल्लाह गरेरै संविधान संशोधनविरोधी सो आन्दोलनमा सहभागी भएको खुलासा गरेका छन्।

‘उहाँ मसँग सल्लाह गरेरै पाँच नम्बर प्रदेशको आन्दोलनमा सहभागी हुनु भएको हो’, पार्टी मुख्यालयमा केन्द्रीय सचिवालयको विस्तारित बैठकको समापनपछि पत्रकार सम्मेलनमा बोल्दै माओवादी अध्यक्ष दाहालले भने, ‘उहाँ अाफूखुशी एक्लै (संविधान संशोधनविरोधी) आन्दोलनमा जानु भएको हैन। हामीबीच सल्लाह भएरै त्यो भएको हो। सहमतिमै भएको हो।’ त्यो समयमा आफु दहि चिउरे भएको उनले घुमाउरो पारामा संकेत गरे।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय