लोग्ने स्वास्नी संग देश र मधेशको तुलना गर्दै पूर्वमन्त्री माओबादी नेताले भने- नेपाल बाट मधेश अलग्याउनु पर्छ



असोज २ मा हुने २ नम्बर प्रदेशको स्थानीय तहको चुनाबलाई लिएर दलहरुले आ-आफ्ना गतिबिधीलाई तिब्रता दिन थालेका छन।बिशेष गरी कांग्रेस एमाले र माओबादी चुनाबी अभियानमा लागिसकेका छन । त्यहि क्रममा आज नेकपा माओवादी (केन्द्र) निकटको मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालले काठमाडौंमा अन्तरक्रिया गरेको छ । शनिबार विहान सुरु भएको अन्तरक्रियामा मधेशका विभिन्न विषयहरु उठाउनका साथै स्वतन्त्र मधेशको कुरा आयोजक पक्षले नै उठाएको छ । आफुलाई राष्ट्रबादी ठान्ने माओबादीले सिके राउतको भन्दा डरलाग्दो बिखण्डनको मुद्धा उठाएर असली चरित्र देखाएको भन्दै बिरोध हुन् थालेको छ ।

कार्यक्रमको सुुरुवात गर्दै माओवादीका नेता गोपाल ठाकुुरले मधेशका विषयमा संघीय मधेशसहित स्वतन्त्र मधेशको सवाल पनि उठेको बताए । उनले यस विषयमा पनि चर्चा हुुने बताए ।माओवादी नेता एवं दुुई नम्बर प्रदेशका इन्चार्ज मातृका प्रसाद यादवले पनि स्वागत भाषण मै स्वतन्त्र मधेशको चर्चा गरे ।
यादवले भने,‘मधेशले समानता खोजेको छ । समानता नपाए अलग हुन्छ । आजभोली त श्रीमान् श्रीमति पनि छुुटिन्छ, यस्तै रहे मधेश पनि छुुटिनेछ ।’

विश्लेषक सीके लालले मधेश अलग देश हुने अवस्था तत्कालै नभएको बताएका थिए। अन्तरक्रियामा स्वायक्त मधेश एक प्रदेशको विषयमा पनि चर्चा भएको र पार्टीले सोही अनुरुप अगाडी बढ्नु पर्ने आवाज उठेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय