फेसबुकबाट सुजातालाई ११ करोडको देखाइयो आश, एक करोड ठगिए पछि भयो चपरीमुनीको बास



बजारमा ठगीका विभिन्न ‘स्किम’हरु चलायमान छन । रातारात करोड पति बन्ने सपना पाल्ने हरुको चपरीमुनिको बास हुन् थालेको छ। महानगरिय प्रहरी अपराध महासाखाले फेसबुकबाट ठगि गर्ने एउटा ठूलो सञ्जाललाई पक्राउ गरेको छ ।

एक वर्षअघि दाङ लमही वडा नम्बर ५ बस्ने सुजाता केसी पौडेलसँग बेलायती नागरिक हुँ भन्दै एक युवा नजिकिए । सामाजिक सञ्जाल फेसबुकमा उनको नाम थियो ‘EUANS SMITH’ । फेसबुक म्यासेन्जर र ह्वाट्स एपमा उनीहरुबीच कुराकानी हुने क्रम बढ्यो ।
केही दिनपछि सुजातालाई भारतीय मोबाइल नम्बरबाट फोन आयो । फोन गर्ने उनै बेलायती नागरिक भनिने जगदीश आचार्यको थियो । उनै आचार्यले टेलिफोनमा भने,‘तिम्रो नाममा बैंक अफ अमेरिकाको दिल्ली शाखाबाट १.७ मिलियन पठाएको छु । भारतीय नियम अनुसार कर तिर्नु पर्ने भयो, ।’

टेलिफोनमा उनले यति भनेपछि पैसाको लोभमा परेकी सुजाताले पुरन घर्तिमगर, रामकुमार शेर्पा, सञ्जिव महर्जन र टेलिफोन गर्ने जगदिश शर्माको नाममा भारतमा बुझाउपर्ने कर भन्दै ५५ लाख ८५ हजार रुपैयाँ आइएमइ गरिदिइन् । सुजाताले नेपालबाट पठाएको आधा करोड हात परेपछि यो समुह फरार भयो । ठगि गर्ने यो गिरोह सम्पर्कमा नआएपछि सुजाता छाँगाबाट खसेजस्तो भइन् ।

नेपाली १० करोड ७० लाखको लोभमा आधा करोड भन्दा धेरै रकम ठगिएपछि महानगरीय प्रहरी अपराध महासाखामा उजुरी दिइन् । उनको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई विहीबार पक्राउ गरेको छ ।

महासाखाको टोलीले पुरन घर्तिमगर, रवि थोकर र दिनेश बस्नेतलाई पक्राउ गरेको छ । उनीहरुलाई विभिन्न बैंकका एटिएम कार्ड सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय