बम फ्याक्ने हवल्दारको भयो बढुवा,कसरी बम फ्याके उनले?



स्थानीय चुनाबका बेला भडुवाले फ्याकेको बम समातेर मिल्काएर चर्चामा आएका साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा भएका छन। प्रहरी प्रवक्ता सर्वेन्द्र खनालका अनुसार रानालाई प्रहरी प्रधान कार्यालयले असइमा बढुवा गरेको हो ।उनले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याकेका थिए ।

रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए । रानाको बहादुरीको प्रशंसा गर्दै गृहमन्त्री जनाद्र्धन शर्माले थप राम्रो काम गर्न हौसला दिएका थिए । गृहमन्त्री शर्माको निर्देशनमा रानालाई बढुवा गरिएको हो ।

असार १४ गते भएको दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा दाङ, तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्दै हवल्दार रानाले जनधनको क्षति हुनबाट जोगाए ।उनको सामाजिक संजालमा प्रसंशा भएको थियो।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय