एनसेलले ३७ अर्ब अझै तिरेन,लेखाले सरकारलाई भन्यो तुरुन्त उठाउ
व्यवस्थापिका संसदको लेखा समितिले एनसेलले तिर्नु पर्ने कर बापतको बाँकी रकम असुल्न सरकारलाई निर्देशन दिइ सकेको छ । एनसेलले सरकारलाई तिर्नुपर्ने ६१ अर्ब रुपैयाँ लाभकरमध्ये २३ अर्ब ५७ करोड रुपैयाँ तिरेर बाँकी नतिर्न आलटाल गरिरहेको छ ।
सरकारले एनसेलसँग असुल्नुपर्ने लाभकर ६१ अर्ब रुपैयाँ निर्धारण गरेको छ । त्यसमध्ये एनसेलले अहिलेसम्म दुई पटक गरी २३ अर्ब ५६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ मात्र तिरेको देखिएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई अख्तियारले समातेको केहि दिन पछि उसले राज्यलाई केहि कर तिरेको थियो।
बाँकी ३७ अर्ब ४३ करोड ४ लाख २८ हजार ५ सय रुपैयाँ तिर्न बाँकी रहेको स्रोतले जनाएको छ । एनसेलले पहिलो पटकमा ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ तिरेर टार्न खोजेको थियो ।
त्यसबेला एनसेलमाथि जनतासँग पैसा उठाएर राज्यलाई कर छलेको र जनतालाई मार पारेको भन्दै तत्कालीन नेकपा माओवादीको उसको देशभरका ४७ वटा मोबाइल टावरमाथि अघिल्लो वर्षको जेठको अन्तिम हप्तामा कारबाही गरेपछि केही हप्तापहिले मात्र दोस्रो पटक १३ अर्ब ६० करोड रुपैयाँ कर तिरेको थियो ।बाँकी कर नतिर्न उसले अनेक अस्त्र प्रयोग गरिरहेको बुझिएको छ। उता युटिएलले पनि २६ करोड भन्दा बढी कर तिर्न बाँकी छ।