गृहमन्त्री रोक्ने अर्याल ठोक्ने,हेडक्वाटर नै अपराधी बोक्ने ?



उर्जामंत्री हुदाको चर्चालाइ कायम राख्दै गृहमन्त्री जनार्दन शर्मा यतिबेला चर्चामा छन् । उनको मन्त्रालय मातहतबाट कारबाहीमा परेका व्यक्तीलाई बडुवाका निम्ति सिफारिस आएपछि उनको कडा आलोचना भयो । जघन्य अपराधमा मुछिएका प्रहरी नायव उपपरीक्षक सञ्जीव शर्मालाई बढुवा सिफारिस गरेपछि आलोचना खेपेका गृहमन्त्री जनार्दन शर्माले अन्ततः एक्सन लिँदै निलम्बन गर्न उर्दी जारी गरिदिए । हुन त जनार्दनले नैतिकता गुमाएका लाइ बढुवा नगर्न निर्देशन दिएको बुझिएको छ।तर प्रहरी प्रमुखको अडानले शर्माको बढुवा सिफारिश भएको थियो।

सामाजिक सञ्जालबाट आलोचना गरिएका डीएसपी दासलाई कारबाही गरेको घोषणा पनि गृहमन्त्री शर्माले बुधबार सामाजिक सञ्जालबाटै गरेका थिए ।
साढे पाँच वर्षअघि ०६८ माघ ५ मा रामेछापको साबिकको सैंपु गाविस १ सिरिसे, कवैटारकी १४ वर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्या भएको थियो ।

घटनाको १५ दिनपछि भेटिएको सुन्तलीको शव पोस्टमार्टमका क्रममा बलात्कार गरी हत्या भएको मेडिकल रिपोर्टमा नै उल्लेख भए पनि प्रहरीले बलात्कार उल्लेख नगरी ज्यान मुद्दा चलायो । र उनै शर्माले मतियार लाइ संरक्षण गरे।

मृतककी आमा डिल्लीमायाले दोषीमाथि कारबाहीको माग गर्दै दिएको किटानी जाहेरीसमेत प्रहरीले दर्ता गरेन । ब्यापक दबाबपछि घटनाको पाँच महिनापछि ०६९ जेठमा मात्रै प्रहरीले किटानी जाहेरी दर्ता भएको थियो । २०७३ साउनमा अभियोगपत्र तयार पारी प्रहरीले सरकारी वकिलको कार्यालयमा पेस २०७३
साउनमा प्रहरीले सरकारी वकिलको कार्यालयमा अभियोगपत्र पेश गरेपनि बलात्कारको घटना लुकाइएको थियो । यी सबै घटनामा तत्कालिन डीएसपी सञ्जीव शर्मा दोषी रहेको दाबी गरिएको छ ।

फरार अभियुक्त राउतलाई प्रहरीले गत असार ११ गते नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरी काठमाडौंमा ल्याई सार्वजनिक गरेको थियो । जतिबेला घटना अनुसन्धानमा प्रहरीले कमजोरी गरेको मध्यक्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी गणेश केसीले उल्लेख गरेका थिए ।

अभियुक्तलाई भगाएको भन्दै रामेछापका तत्कालीन डिएसपी शर्मामाथि कारबाही गर्न मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले सिफारिस गरेको थियो । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाले सुन्तली हत्याकाण्डमा अभियुक्त पक्राउ गर्न बेवास्ता गरेको भन्दै शर्मासहित प्रहरी नायव निरीक्षक राजेन्द्र खरेल, प्रहरी सहायक निरीक्षक टलकबहादुर भण्डारी, प्रहरी सहायक निरीक्षक फणीन्द्रकुमार थापा, प्रहरी हवल्दार रामलाल श्रेष्ठ, प्रहरी हवल्दार शिवशंकर सिंह, प्रहरी हवलदार निरसकुमार साह र प्रहरी जवान भरत केसीलाई विभागीय कारबाहीको सिफारिस गरेको थियो । तर कारबाही भएको थिएन ।

शर्मालाई विभागीय कारबाहीको सिफारिस गरेको भए पनि प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवा गर्न सिफारिस गरेपछि गृहमन्त्रीको जनार्दन शर्माको ब्यापक आलोचना भएपछि निलम्बनमा राखि कारबाही अघि बढाउन भनिएको छ ।
लामोसमयसम्म छुट पाएका तत्कालिन डीएसपी सञ्जीव शर्मामाथिको छानविन के स्वच्छ होला त ? यसमा चासो सबैको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय