ओलीले भने- एमालेसंग नमिले माओबादी सती जान्छ, चुनाव जित्नु छ भने एमालेसँग मिल्नुस



मुलुककै ठुलो बामपन्थी पार्टी एमालेका अध्यक्ष केपी ओलीले मुलुकलाई बामपन्थीमय बनाउन नेकपा माओवादी केन्द्रका नेताहरुलाई प्रस्ताव बिशेष प्रस्ताब राखेका छन।नेपालका जनता बामपन्थीलाई मन पराउछन् तर बामपन्थी बिदेसी प्रतिक्रियावादी शक्तिहरुको चंगुलमा पर्ने र त्यसैको सिकार हुने गरेको ओलीको तर्क थियो। देशी बिदेसी प्रतिक्रियावादी शक्तिहरु बामपन्थी फुटाएर मुलुकलाई अघि बढन नदिने काम गरिरहेको भन्दै ओलीले एमाले र माओवादी मिलेरै मुलुकलाई बामपन्थीमय बनाउनु पर्ने र त्यसका लागी माओबादी तयार रहनु पर्ने ओलीको भनाइ थियो।

‘म माओवादी केन्द्रका नेताहरुलाई भन्छु, चुनाव जित्नुछ भने एमालेसँग मिल्नोस, अव सती नै जानु छ, सर्वनास नै हुनु छ भने त के गर्नु ? सती गएर कसैले जित्दैन, सर्वनाश होइन्छ, केही कमजोरी भएको छ, तर ढिला नै त भइसकेको छैन, अव सोचेर अघि बढनोस, चुनाव जित्नु छ भने एमालेसँग मिल्नुस,’ नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका नवनिर्वाचित पदाधिकारीलाई आज आफ्नै निवास बोकोटमा बोलाएर बधाई तथा शुभकामना दिने क्रममा ओलीले उक्त प्रस्ताब राखेका हुन्। माओबादीले कांग्रेस संग नजिकिनु भन्दा एमालेसंग नजिकिदा फाइदा हुने तर्क समेत ओलीले उक्त अबसरमा गरेका थिए।

प्रतिक्रिया दिनुहोस
२ चिनियाँ जहाज भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो

  जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ