अपराधी जोगाउन प्रधानमन्त्रीका सल्लाहकार सक्रिय, भाला रोप्नेलाई कसरी जोगाउदैछन् रमण ?



दोलखाका एमाले साम्सदहरुले महान्यायाधिबक्ता बिरुद्द आगो ओकलेका छन। एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगु निवासी कुलबहादुर तामाङको हत्यारालाई जोगाउन महान्यायाधिबक्ता रमनकुमार श्रेष्ठले घिन लाग्दो गतिबिधी गरेको आरोप लगाए। श्रेष्ठले गैरकानूनी रुपमा फायल खोसेर राखी न्याय मार्ने काम गरेको भन्दै साम्सदत्रयले खेद ब्यक्त गरेका छन्। पशुपति चौलागाई, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले आज पत्रकार सम्मेलन गरी महान्यायाधीबक्ताले गरेको घृणित कामको आलोचन गर्दै आपत्ती जनाएका हुन्।

 

स्थानीय तह निर्वाचनको क्रममा गत बैशाख २६ गते जुँगुमा नेकपा माओवादी केन्द्रकी नेतृ देवी खडकाको निर्देशनमा आएको हतियारधारी समुहले चारैतिरबाट घेरा हाली लखेटेर रेमशडाँडामा कुलबहादुर तामाङको हत्या गरेको थियो भने स्थानीय शिक्षक दिलबहादुर बुढाथोकीलाई मरणासन्न हुने गरी घाइते बनाएर छाडेको थियो ।
भाला रोपेर हत्या गरिएको र घाइते बनाएको घटनामा संलग्न सवैलाई जिल्ला अदालत दोलखाले साधारण तारिखमा रिहा गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावलोकनको निर्णय लिएको थियो । तर महान्यायाधिबक्त श्रेष्ठले जिल्ला सरकारी वकिलबाट सो फायल लिएर बेपत्ता पारेको सांसदत्रयको भनाई छ ।

‘कुलबहादुर तामाङको हत्या कस्ले गर्यो ? दिलबहादुर बुढाथोकीलाई गमभीर घाइते कस्ले बनायो ? हत्यारा को हो ? आक्रमणकारी को हो ? सरकारले हामीलाई बताइ दिनपर्यो, हाम्रो भनाई यत्ति नै हो,’ पत्रकार सम्मेलनमा सांसद पशुपति चौलागाईंले भने । उनले महान्यायाधिबक्ताले आफै पुनरावलोकनमा लैजानु पर्ने सरकारवादी मुद्दालाई महान्यायाधिबक्ता श्रेष्ठले नै रोकेर पदीय दुरुपयोग मात्रै नभई नैतिकता र पेशाबिरोधी काम गरेको बताए । पछिल्ला दिनमा श्रेष्ठ बिबादमा तानिदै आएका छन्। महान्यायाधिबक्ता सरकारको कानुनी सल्लाहकार हो।प्रचण्ड प्रधानमन्त्री हुदा नियुक्त भएका श्रेष्ठ देउवा प्रधानमन्त्री बनेको दुई महिना लाग्दा सम्म पनि त्यहि ओगटेर बस्दै अपराधी जोगाउने काममा लिप्त छन्।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)