महिला सांसदले साउने संक्रान्तिकै दिन किन घेरे देउवालाई?पत्नी आरजुले भनिन अधिकार पुगेन हामीलाई



‘महिला सांसद समन्वय समिति’को नामबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री पत्नी आरजु राणाको मुख्तियारीमा जम्बो टोली पुगेको थियो । मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै महिला सांसदहरुले दबावमुलक अभियान स्वरुप देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।

‘महिला सांसद समन्वय समिति’की अध्यक्ष आरजु राणाले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएकी थिइन् ।जवाफमा प्रधानमन्त्री देउवाले मागप्रति सकारात्मक रहेको बताएका थिए ।
ज्ञापनपत्रमा मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको व्यवस्था हुनुपर्ने, लैंगिकमैत्री कानुन निर्माण हुनुपर्ने, महिला हिंसाका घटना रोकिनुपर्ने लगायतका माग राखिएका छन् ।

महिला हक अधिकारका विषयमा गतिविधि सन्चालन गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, फोरमलगायत दलहरुका महिला सांसदहरुले ‘महिला समन्वय समिति’ हालै गठन गरेका छन् । समितिमा आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार पहिलो अध्यक्ष कांग्रेसकी आरजु छिन् । उपाध्यक्षमा एमालेकी श्रीमाया थकाली र सचिवमा माओवादी केन्द्रकी सीता नेपाली छिन् । साउनको पहिलो दिनको सुरुवातमै प्रधानमन्त्री महिला बाट घेरिएका छन्। प्रधानमन्त्री देउवाले आजै राष्ट्रपती बिध्या देबी भण्डारीसंग पनि भेट गरेका छन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय