एआइजी बन्न सर्बोच्चका कारण सिलवाल फेरी रोकिए, रातारात सैनिक गुप्तचरमा पोखरेल कसरी तोकिए ?



प्रचण्ड नेतृत्वको सरकारले प्रहरी प्रमुख बनाएका जय बहादुर चन्द एआईजीमा बढुवा दोश्रो नम्बरमा समेटिएका छन।सरकारले प्रहरी महानिरीक्षक बनाएको केहि घण्टा नबित्दै उनको बदुवाका बिरुद्व सर्बोच्चमा मुद्धा परेको थियो र उनले प्रमुख हुन् पाएनन। चन्द बढुवामा परे पनि अर्का डिआईजी नवराज सिलवाललाइ बाइपास गरिएको छ।

गृहमन्त्रालयले नेपाल प्रहरीका ११ जना डिआईजीलाई एआईजीमा बढुवा सिफारीस गरेको छ । सरकारले गरेको एआईजी बढुवा सिफारीसमा डिआईजी बमबहादुर भण्डारी एक नम्वरमा बढुवा भएका छन् भने प्रहरी महानिरीक्षक नियुक्त भएका जयबहादुर चन्द भने दुई नम्वरमा बढुवा सिफारीस भएका छन् । सर्वोच्च अदालतमा विचाराधिन मुद्दा रहेको भन्दै डिआईजी नवराज सिलवाललाई भने बढुवामा छुटाइएको छ । उनको कार्यसम्पादन मुल्याङकनको फाइल सर्वोच्च अदालतले दिन नम्लिने भनेपछि उनि बढुवावाट वंचित भएका हुन ।

एआईजी बढुवा हुनेमा तिन नम्वरमा देवेन्द्र सुवेदी त्यसपछि क्रमस पशुपति उपाध्याय, केशरीराज घिमिरे,माधवप्रसाद जोशी,बिजयलाल कायस्थ,कमलसिंह बम,मिङमार लामा,रणबहादुर चन्द र अन्तिममा बिजय कुमार भट्ट रहेका छन् ।

बढुवामा सात नम्वरमा रहेका डिआईजी मधु पुडासैनी,१२ नम्वरमा रहेका पंकज श्रेष्ठ, १३ नम्वरमा रहेका माधव नेपाल एआईजी बढुवामा छुटेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी नेता लेखराज भट्टको सिफारीसमा १८ नम्वरमा रहेका डिआईजी विजय भट्ट भने एआईजी बढुवामा परेका छन् । माओवादी नेता वर्षमान पुनको सिफारीसमा डिआईजी लामा बढुवा भएको प्रहरी मुख्यालयको श्रोतको भनाइ छ।

उता,नेपाली सेनामा सैनिक गुप्तचर प्रमुख एक महिना नपुग्दै फेरीएका छन् । सैनिक स्रोतले दिएको जानकारीअनुसार सेनाको पुर्वी पृतनावाट असार ८ मा सैनिक गुप्तचर प्रमुखको रुपमा सरुवा भएका उपरथी प्रल्हाद थापालाई त्यहावाट सरुवा गरिएको छ उपरथी थापाको ठाउमा पोखरामा पृतनापति रहेका उपरथी जगदिशचन्द्र पोखरेललाई ल्याइएको छ । थापालाई शिवपुरीस्थित सेनाको कमाण्ड तथा स्टाफ कलेजको प्रमुखको जिम्मेवारी दिइएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरीका र वेलायत भ्रमणको क्रममा हाल लण्डनमा रहेका वेला थापाको सरुवालाई आश्चर्यका साथ हेरिएको छ । थापाको सरुवाको कारण भने खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट