दर्जन सांसदलाई पूर्वराजाको दाम,कमल थापाको भयो निदहराम !



संविधान संशोधन प्रस्ताव अघि बढाउने सरकारले तयारी गरिरहेको बेला संशोधन प्रस्तावको पक्षमा मत हाल्ने भनेर यसअघि नै निर्णय गरिसकेको राप्रपाभित्र यतिवेला खैलाबैला मच्चिएको छ । र, आफ्ना दर्जन साम्सद पूर्वराजाको निगरानीमा रहेको पत्तो पाए पछि कमल थापा एमालेले जे गर्छ त्यहि गर्ने भनेर पन्छिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संशोधन प्रस्तावलाई यही हप्ताभित्रै सदनबाट पारित गराउने तयारी गरिरहेको बेला संसदमा ३७ सिट भएको राप्रपामा एक मत देखिएको छैन ।
राप्रपाभित्रको आन्तरिक किचलोको यस अघिपनि देखिएको थियो । संशोधन प्रस्तावको पक्षमा दुई तिहाई मत पुग्दासमेत संशोधन हुन सकेको थिएन ।

राप्रपाका सांसदहरुमा एकरुपता हुन नसक्नुको प्रमुख कारण पूर्वराजा ज्ञानेन्द्र शाह रहेको खुल्न आएको छ । राप्रपा स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रसँग राप्रपाका अहिलेपनि कम्तिमा पनि १० देखि १५ सांसदहरु कब्जामा रहेका छन् ।
पूर्वराजा निकट ती सांसदहरुले पार्टीको ह्विप समेत नमानेको अवस्थामा संशोधन प्रस्ताव अघि बढाउने वा नबढाउने भन्नेमा सत्तारुढ दल नै द्धिविधामा देखिएका छन् । ती संसदहरुको नेतृत्व प्रकाशचन्द्र लोहनी र केशरबहादुर विष्टले गरिरहेकाछन् । ती साम्सदहरुलाई पूर्वराजाले दक्षिणा दिएको चर्चा चल्न थालेको छ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय