दर्जन सांसदलाई पूर्वराजाको दाम,कमल थापाको भयो निदहराम !



हाम्रो इकोनोमि

संविधान संशोधन प्रस्ताव अघि बढाउने सरकारले तयारी गरिरहेको बेला संशोधन प्रस्तावको पक्षमा मत हाल्ने भनेर यसअघि नै निर्णय गरिसकेको राप्रपाभित्र यतिवेला खैलाबैला मच्चिएको छ । र, आफ्ना दर्जन साम्सद पूर्वराजाको निगरानीमा रहेको पत्तो पाए पछि कमल थापा एमालेले जे गर्छ त्यहि गर्ने भनेर पन्छिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संशोधन प्रस्तावलाई यही हप्ताभित्रै सदनबाट पारित गराउने तयारी गरिरहेको बेला संसदमा ३७ सिट भएको राप्रपामा एक मत देखिएको छैन ।
राप्रपाभित्रको आन्तरिक किचलोको यस अघिपनि देखिएको थियो । संशोधन प्रस्तावको पक्षमा दुई तिहाई मत पुग्दासमेत संशोधन हुन सकेको थिएन ।

राप्रपाका सांसदहरुमा एकरुपता हुन नसक्नुको प्रमुख कारण पूर्वराजा ज्ञानेन्द्र शाह रहेको खुल्न आएको छ । राप्रपा स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रसँग राप्रपाका अहिलेपनि कम्तिमा पनि १० देखि १५ सांसदहरु कब्जामा रहेका छन् ।
पूर्वराजा निकट ती सांसदहरुले पार्टीको ह्विप समेत नमानेको अवस्थामा संशोधन प्रस्ताव अघि बढाउने वा नबढाउने भन्नेमा सत्तारुढ दल नै द्धिविधामा देखिएका छन् । ती संसदहरुको नेतृत्व प्रकाशचन्द्र लोहनी र केशरबहादुर विष्टले गरिरहेकाछन् । ती साम्सदहरुलाई पूर्वराजाले दक्षिणा दिएको चर्चा चल्न थालेको छ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...