मान्छे पोल्ने मेशिनमै झेल,पचास लाख सिध्याउने यस्तो छ खेल



हाम्रो इकोनोमि

पशुपति क्षेत्र विकास कोषले दुई वर्षअघि सञ्चालनमा ल्याएको इलेक्ट्रोनिक शवदाह गृह बन्द भएको छ । मेसीनमा खराबी आएपछि दुवै शवदाह गृह बन्द भएको पशुपति विकास कोषले जनाएको छ । तर कमिशनको चक्करका कारण त्यसो गरिएको कोषको उच्च श्रोतले हाम्रो इकोनोमीलाई जानकारी दिएको छ।
शवदाह बन्द भएको बहानामा पशुपति क्षेत्र विकास कोषले ९ जनाको टोलीलाई घुम्न भारतको कोलकता पठाएको छ । कोषले कोलकतास्थित इन्टोमेन कम्पनीसँग खरिद गरेको मेसीनको तीन वर्ष ग्यारेन्टी छ । कम्पनीले मर्मत सम्भार गर्नुपर्ने सम्झौता गरेपछि कोषका उपनिर्देशक राजेन्द्रधर उपाध्यायको टोलीमा १० सदस्य त्यसतर्फ गएका हुन् । मेसिन बिग्रिएको बहानामा कोषका कर्मचारीले पचासौ लाख हजम गरेका छन्। भ्रमणका लागी मात्रै बीस लाख बिनियोजन भएको बुझिएको छन्।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...