एमालेका थिङ्करले राजपाका नेताको दिमाग माझे पछि सत्ताधारी हायलकायल



राजपा र एमालेको बेमेल भएको धेरै भयो।एक अर्कालाई देखि नसहने दुबैको तिक्तता पूर्ण सम्बन्धमा बिस्तारै सुधार आउदैछ।
किन टाढिए यी दलका नेताहरु ? पछिल्लो समय एक अर्काबीच शत्रुतापूर्ण व्यवहार प्रदर्शन गरिरहेका यी नेताबीच राजधानीको एक रिसोर्टमा औपचारिक गोप्य वार्ता समेत भयो ।

स्थानिय निर्वाचनमा पहिलो बनेको एमाले र निर्वाचननै सुन्न नचाहेको मधेसी दल हालको राजपा विच भएको गोप्य वार्तालाई सकारात्मक वार्ता भएको संज्ञा दिइएको छ।
संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसँग शत्रुतापूर्ण व्यवहार प्रदर्शन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन कांग्रेस माओवादी केन्द्रले आफ्ना माग लत्याएको भन्दै एमालेसँग सम्बन्ध सुधारमा लागेको उच्च स्रोतको दाबी छ ।
राजपा र एमालेका दोस्रो तहका नेताबीच संविधान संशोधन, २ नम्बर प्रदेशमा तेस्रो चरणको स्थानीय तह निर्वाचन र सत्तासमीकरणलगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेताले बताएका छन् ।

छलफलमा एमालेबाट उपमहासचिव घनश्याम भुसाल,नेता रवीन्द्र अधिकारी लगायत थिए भने राजपाबाट नेता लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल लगायत सहभागी भएका थिए ।
स्थनीय तह निर्वाचनबाट एमाले पहिलो पार्टी बनेकाले पहिलो दलसँग तिक्ततापूर्ण नभई सम्बन्ध सुधार गरी अघि बढ्नुपर्ने छिमेकी भारतको सत्तापक्षको दृष्टिकोणमा आएको परिवर्तनपछि नै राजपाका नेताहरू एमालेसँग सम्बन्ध सुधारमा लागेको बताइन्छ ।
एमालेविना संविधान संशोधन प्रस्ताव संसद्बाट पारित हुनसक्ने अवस्था नरहेकाले पनि एमालेको सहयोगका लागि राजपाका नेताहरूले आग्रह गरिरहेको एमाले नेताहरूले बताएका छन् ।

सत्तापक्षले केही दिनभित्रै संशोधन प्रस्ताव पेस गर्ने बताइरहेका बेला प्रमुख विपक्षी एमालेसँग राजपाका नेताले छलफल गर्नुलाई स्वभाविक मात्र मान्न नसकिने जानकारहरु बताउछन् ।
एमाले र राजपाको संबन्धले सत्ता पक्ष समेत तर्सिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकार र हाल कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै पक्ष एकैसाथ बसेर संशोधन विधेयकबारे छलफल गर्ने वातावरण नबनाएको भन्दै आरोप लागि रहेकाबेला राजपाका नेताहरु नै एमालेसँग नजिकिएकाछन् । एमाले संग राजपा नजिकिए पछी सत्ताधारी सरकार संकटमा पो पर्ने हो कि भन्ने चिन्तामा छन् ।

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट