इरान युद्धबाट पछि हट्दै अमेरिका



हाम्रो इकोनोमि

 

 

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’ बताएका छन् । सीएनएनका अनुसार, ट्रम्पले मध्यपूर्व तनाव कम हुने संकेत दिँदै रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग अब खुल्ने संकेत समेत गरेका छन् । ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानसँग वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका हुन् । सम्झौता धेरैजसो वार्ताबाट टुंगिएको र होर्मुज जलमार्ग खुलेसँगै विश्वका लागि राम्रो कुरा उनले बताए ।

ट्रम्पले सम्भावित सम्झौताबारे विस्तृत जानकारी भने दिएका छैनन् । तर अमेरिकी प्रशासनभित्र इरानसँग आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र समुद्री मार्ग सुरक्षासम्बन्धी विषयमा छलफल भइरहेको जनाइएको छ । रिपोर्टअनुसार, ट्रम्प प्रशासन इरानसँग प्रत्यक्ष टकरावभन्दा पनि नयाँ कूटनीतिक समझदारीतर्फ अघि बढ्न खोजिरहेको संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...