सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट



हाम्रो इकोनोमि

 

 नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा उपाध्यक्षहरुले राखेको प्रस्ताव र अध्यक्ष केपी शर्मा ओलीको अडानका कारण पनि आजको बैठक महत्वपूर्ण हुने नेताहरु बताउँछन् । हिजो चार जना उपाध्यक्षले एकमतका सथ पार्टी पुनर्गठनको प्रस्ताव राखेका थएि । उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट र रघुजी पन्तले नेतृत्व परिवर्तनको निष्कर्ष सुनाएका थिए ।

शुक्रबार राजीनामा शब्द उच्चारण नगरेपनि उपाध्यक्षहरुले बुझिनेगरी मार्गप्रशस्त गर्न ओलीलाई सुझाव दिइएको छ । उपाध्यक्ष गोकर्ण बिष्टले सबैले पद त्यागेर भएपनि एमाले जोगाउनुपर्ने सुझाव राखेका थिए । पर्यो भनेर मेरो ठाउँ त्याग्न तयार छु । हामी सबैले पद त्याग्न पनि तयार हुनुपर्छ, उपाध्यक्ष बिष्टको प्रस्ताव थियो, दक्षिणपन्थी अवसरवादविरुद्ध लड्ने भनेर हिडेको हामी कहाँ चुक्यौ । निर्मन समीक्षा गर्नुपर्छ ।

उपाध्यक्ष बिष्टले पार्टीका हरेक तहका नेताले आवश्यक पर्दा त्याग गर्न तयार छु भन्ने भावना बोकेर पार्टी पुनर्गठन गर्नुपर्ने बताएका थिए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाएर गल्ती भएको निष्कर्ष सुनाएका थिए । विगतका कमजोरी खोतल्ने क्रममा उपाध्यक्ष पौडेले २३ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा नदिएर ओलीले गल्ती गरेको पनि तर्क गरेका थिए । २३ गते बेलुकी राजीनामा दिएको भए आज राजनीति यहाँ आइपुग्थेन,पौडेलले भनेका थिए ।

अध्यक्ष ओलीका पक्षमा भने रामबहादुर थापा मात्रै उभिएका छन् । नेतृत्वको रक्षा गर्नुपर्ने बेला परिवर्तनको प्रस्ताव अगाडि बढाउन नहुने थापाको प्रस्ताव थियो । ओलीले पनि थापाकै लाइनअनुसार नेताहरु उभिनुपर्ने निर्देशन दिएका थिए ।हिजोको बैठक सकिदै गर्दा केपी ओलीले महासचिव, उपमहासचिव र सचिवहरुलाई तर्साउनेगरी निर्देशन दिनुभएको थियो  एक पदाधिकारी भन्छन्, पृथ्वीसुब्बा गुरुङले त्यसको प्रतिवाद त्यही गर्नुभयो । तर बोल्न बाँकी पदाधिकारीहरु कता उभिन्छन् आज देखिनेछ ।

उपाध्यक्षहरुमा देखिएकै प्रवृत्ति बाँकी पदाधिकारीमा देखिए ओलीको पद संकटमा पर्नेछ । उहाँलाई साथ दिदै आएका पदाधिकारीहरुले राजीनामा माग्ने स्थिति आएको छ । उपाध्यक्षहरुमा जस्तै बाँकी पदाधिकारीमा पनि केपी ओलीको विकल्प खोज्नेगरी बोल्ने अनुमान छ  उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...