चुडामणि खोरमा जाकिदा,स्वीस बैंकमा पैसा थुपार्ने आठ भाई नेपाली को-को के गर्दैछन ?



अवैध धनको स्वर्ग स्वीस बैंक मानिन्छ । हो त्यहि स्वर्गमा पैसा थुपारेका आठ नेपाली को–को हुन् ? केहि महिना हल्ला गराएर अहिले त्यो काण्ड मत्थर परियो? शंका पैदा भएको छ। स्वीस बैंकमा पैसा राख्ने नेपाल १ सय ५०औं मुलुक हो । एजेन्सीहरुको खबरअनुसार स्वीस बैंकमा नेपालीको ३१ करोड २० लाख स्वीस फ्रेंक छ । यो रकम स्वीस बैंकमा विदेशीले राख्ने तथ्यको २५ प्रतिशत हो । नेपाल गरिब छ तर गरिब नेपालीको शोषण गरेको पैसाले स्वीस बैंकको ढुकुटी टन्नै छ । यो सब मुद्दा उठाउने कोही छैनन् ।

युवराज खतिवडा गभर्नर हुँदा उनले ब्रिटिस भर्जिन इजलेण्डबाट नेपालमा लगानीका लागि अनुमति नै नलिई भित्र्याएको ३.५ बिलियन डलर बारे बोलेका थिए र यो रकम अजय सुमार्गीको भनेका थिए । सत्ता संगको सौदाबाजीमा के त्यो रकम निकालियो अथवा कुन अबस्थामा छ? कसैले खोजि गरेका छैनन्। के नेपाल कालोधन ओसार पसार गर्ने, आतंककारी र माफियाको कालोधनको स्वर्ग बन्न लागेकै हो त ? दीप बस्नेतको अख्तियारले चुडामणि लाइ मात्र सहिद बनाएको हो? यो प्रश्नले पनि ठाउँ पाएको छ। आठ नेपालीले स्वीस बैंकमा पैसा जम्मा गरेको सबुद प्रमाण हुदा पनि किन सरकारले पैसा फिर्ता ल्याउन पहल सम्म गरेन?राष्ट्र बैंकले थालेको अनुसन्धान ३ वर्ष अघि नै रोकियो । कसको दबाबले रोकियो ? स्पष्ट छैन ।खतिवडा गभर्नर भएको बेलामा स्वीस वैंकमा ८ नेपालीको ५४ मिलियन डलर भएको बारे छानबिन सुरु भएको थियो । संसदीय समितिले पनि अनुसन्धान गर्न आदेश दिएको थियो । ५ वर्ष अघिको अवधिमा कतिले स्वीस बैंकबाट पैसा निकालेका छन् भने कतिले थप जम्मा गरेका छन् । अहिले यसको दोब्बर रकम स्वीस बैंकमा जम्मा भएको अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय