हिजो प्रधानमन्त्री शेरबहादुर देउवा संग राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले कुराकानी गरे पछी राष्ट्रिय जनता पार्टी दल दर्ताका लागि आज निर्वाचन आयोग पुगेको छ । १२ बजे निर्वाचन अयोगमा दल दर्ता गराएको राजपा नेता केशव झाले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले तेस्रो चरणको निर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्न ठाकुरलाई आग्रह गरेका थिए । राजपाले दल दर्ता गरे संविधान संशोधनमा छलफल अगाडि बढाउने देउवाको आश्वासन पाएपछि ठाकुर राजपाको अध्यक्ष मण्डलको बैठकमा सहभागी भएका थिए ।र प्रधानमन्त्रीले भने बमोजिम राजपा दल दर्ता गर्न राजी भएको हो।
अर्कातिर निर्वाचन आयोगले असोज र मंसिरमै प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन गराउने गरी कार्यतालिका सार्वजनिक गरेपछि राजपा दल दर्ता गर्न निर्वाचन आयोग जान लागेको विश्वस्त सूत्रले बतायो । देशमा चुनाब हुदै जाने र राजपा छुट्दै जाने भयले पनि राजपा दल दर्ता गर्न कम्बर कसेर लागेको हो ।
अर्कातिर हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्लालगायतले राजपा छाडेर नयाँ पार्टी खोल्ने खोल्ने वा अन्य पार्टीमा जाने तयारी गरेपछि राजपा एकाएक लचिलो भएको छ । विश्वस्त सूत्रका अनुसार राजपा २ नम्बर प्रदेशको निर्वाचनमा सहभागी नभए हृदयेश त्रिपाठी एमाले प्रवेश गर्ने भएका छन् । राजपाकै अर्का नेता शरतसिंह भण्डारीले कांग्रेससँग निकटता बढाएका छन् । स्वतन्त्रको हैसियतमा कार्यकर्ताले धमाधम जित्न थाले पछी नेताहरु आत्तिन थालेका छन् ।राजपाले एमालेसँग सम्बन्ध सुधार गरी तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा जाने बारेमा छलफल गरिरहेको छ ।
मधेस केन्द्रित ६ वटा पार्टी मिलेर बनेको राजपा पहिलो र दोस्रो चरणको निर्वाचनमा सहभागी भएन । तर, उसका सयौं नेता कार्यकर्ताले स्वतन्त्र हैसियतमा रुपन्देही, कपिलवस्तु, सुनसरीमा निर्वाचनमा भाग लिएका थिए । जसअनुसार कपिलवस्तुको दुईवटा स्थानीय तहमा स्वतन्त्र (राजपा) उम्मेदवारले चुनाव जितेका छन् । हिजोको बैठकमा राजपाका नेहहरुले चुनाबमा नगएर गल्ति गरेको महसुश गरेका थिए।