देउवा प्रधानमन्त्री बनेपछि चल्यो राणा शासन,मुख्यसचिव बनाउन आरजुको यस्तो कासन



जब जब शेर बहादुर देउवा सत्ताको चास्नी चाख्न पुग्छन उनले सिंगो ब्यबस्थालाइ च्यातचुत पारेर भद्रगोल पारिदिन्छन। अझ पछिल्ला दिनमा त उनले श्रीमतीको सासन लागु गरेका छन् देशै भरी। राणाकी छोरी आरजुले श्रीमान प्रधानमन्त्री बने संगै राणा साशनको झल्को दिने किसिमको हस्तक्षेप गर्न थालेकी छिन। त्यसैले पनि प्रधानमन्त्री आफ्नो बिबेकले चल्न सकेका छैनन्,उनको सचिवालय समेत उनै श्रीमतीका कारण बन्न सकेको छैन। देउवाको शासनकालमा बरिष्ठतालाई मिच्ने परम्परा नेपाल प्रहरीमा मात्र होइन, निजामतीमा पनि हुन लागेको छ । निजामती सेवाको उपल्लो पद मुख्य सचिब हत्याउन एउटा गिरोह जमेर लागिपरेको छ ।एउटा सन्काहा व्यक्तीका लागी ब्यबस्था परिवर्तन गर्नु परेपनि तयार हुने जनाउ प्रधानमन्त्री शेर बहादुर देउवाले दिएपछी प्राबिधिक सचिवलाई म्यादी मुख्य सचिब बनाउन भित्र भित्रै डीजाइन भईसकेको छ ।

मुख्यसचिव सोमलाल सुवेदी एक वर्ष कार्यकाल बाँकी छँदै एसियाली विकास बैंकको बैकल्पिक निर्देशकमा नियुक्ति भईसकेका छन् । उनी आगामी जुलाई १६ ( २०७४ साउन १) देखि एडीबीको कार्यालय मनिलामा कार्यभार सम्हाल्न जाने भएपछि भावी मुख्यसचिवको लागि सचिवहरुको दौड सुरु भएको छ । अबको दश दिनपछि मुख्यसचिव सुवेदी मनिलास्थित एडीबी कार्यालयमा पुग्नेछन् । उनको कार्यकाल २०७५ साउन २२ सम्म छ ।

तर एक वर्षअघि नै उनी लगभग मासिक १८ लाख रुपैँया तलब, भत्ता सुविधा पाउने एडीबीक उपसचिवस्तरको जागिरमा जाने भएका छन् । मुख्यसचिवमा बरिष्ठता, कार्यक्षमता, नैतिकताका हिसावले सर्बोकृष्ट निजामति पुरस्कार प्राप्त गरेका अर्थमन्त्रालयका सचिव डा. शान्तराज सुवेदी र शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको नाम चर्चामा आउने गरेको छ । सर्वोकृष्ट कर्मचारी पुरस्कार पाएका, भ्रष्टाचारमा नाम नमुछिएका आर्थिक बृद्धिदर ७.५ पु¥याउन सफल अर्थ सचिव सुवेदी अरु सचिवभन्दा मुख्यसचिवका लागि काविल मानिन्छन् ।

तर एउटा शक्ति केन्द्र ४ महिनाका लागि भौतिक तथा यातायात मन्त्रालयबाट राष्ट्रिय सतर्कता केन्द्रमा धपाईएका धनबहादुर तामाङलाई मुख्यसचिव बनाएर सुवेदीलाई रोक्ने चलखेल भईरहेको चर्चा निजामति समूहमा ब्याप्त छ । पुष्पकमल दाहाल सरकारको बहिर्गमनपछि डा. सुवेदीलाई मुख्यसचिव नबनाउने चर्चा सुरु भएको हो । गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउने खेल अनुसार तामाङलाई अगाडी सार्ने तयारी गरिएको हो । गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव वनाउनका लागि धनबहादुर तामाङलाई मुख्यसचिव बनाउने ग्या्राण्ड डिजाइन बन्दै गरेको समाचार छ । लोकदर्शन लाइ मुख्य सचिब बनाउन जासुसका प्रमुख दिलिप रेग्मी समेत लागिपरेका छन् ।

उनले पाल्पाका लोकदर्शन लाइ मुख्य सचिब बनाउन उनका तागरोहरुको निगरानी गर्न जासुस खटाएका छन्। नातामा दिलिप र लोकदर्शन नजिकका दाजु भाई हुन् । सुबेदी भएसम्म कनिष्ट सचिव रेग्मीलाई मुख्यसचिव बनाउन नसक्ने भएपछि ४ महिनाका लागि तामाङलाई बनाउने रणनीतिमा एउटा शक्तिशाली गिरोह सक्रिय भएको बताईन्छ । तामाङलाई मुख्यसचिव बनाएपछि आगामी २०७४ कात्तिकसम्म शान्तराज सुवेदी, शान्तबहादुर श्रेष्ठ लगायतका मुख्यसचिवका दाबेदार ४ सचिव अवकाशमा पर्नेछन् । मंसिरमा तामाङ पनि अवकाश हुनेछन् । अनि त्यसपछि लोकदर्शन रेग्मीको बाटो खुल्नेछ । प्रधानमन्त्री पत्ने आरजु संग राम्रो हिमचिम भएका रेग्मी उनलाई प्रयोग गरेर जसरि पनि मुख्य सचिब बन्ने ध्याउन्नमा छन् ।यतिबेला आरजुले सोमलाल लाइ राजिनामा दिन दवाब दिईरहेकी छिन। बुझिए अनुसार सोमलालले आरजुको दबाब थेग्न नसकेर राजिनामा गोजीमै बोकेर हिडेका छन । बडीमा हप्तादिन भित्रै उनले राजिनामा दिदैछन ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय