फेल खायो कमल थापाको पथ,मुस्लिम र क्रिस्चियनले तानिदिए रथ



हिन्दुवादी पार्टीका रुपमा चिनिएपनि सारमा सत्ताका लागि लिप्त तर हिन्दुलाई अस्त्र बनाएको राप्रपाको साख मुस्लिम र क्रिस्चियनले जोगाइदिएकाछन् । हिन्दु धर्म र संवैधानिक राजतन्त्रको वकालत गर्ने संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीको साख गैर हिन्दुले जोगाईदिए पछि उसको असली नियत उदांगिएको छ। स्थानीय तहको निर्वाचनअघि राप्रपाले हिन्दु धर्म र संवैधानिक राजतन्त्र पुनस्र्थापनाको माग गर्दै मेची–महाकाली अभियान संचालन गरे पनि उसलाई असली हिन्दुले साथ दिएका थिएनन।

हिन्दु राष्ट्र स्थापना गर्ने नारासहित गएको राप्रपाले दोस्रो संविधानसभामा समानुपातिकतर्फ २५ सिट जित हासिल गरेको थियो । त्यसपछिका हरेक सरकारमा राप्रपा सहभागी हुँदै आएको छ । तर, प्रचण्ड नेतृत्वको अघिल्लो सरकारबाट फिर्ता भएपछि भएको स्थानीय तहको निर्वाचनमा राप्रपाको अवस्था निकै कमजोर देखिएको छ ।
पहिलो चरणको निर्वाचनका क्रममा पार्टी अध्यक्ष कमल थापाको गृहजिल्ला मकवानपुरमै रापा पराजित हुन पुग्यो । पहिलो चरणमा राप्रपाको साख धादिङको रुवीभ्याली गाउँपालिकाले जोगाइदियो । सो गाउँपालिकामा राप्रपाले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजय हासिल गरेको थियो । रुबीभ्याली गाउँपालिका अध्यक्षमा पेरुङ तामाङ १४८४ मतका साथ विजयी भइन् । उनी क्रिस्चियन धर्म अनुशरण गरेकी छन् । उपाध्यक्षमा पनि राप्रपाकै मीना तामाङ १४०९ मतका साथ विजयी भएकी थिइन् । त्यहाँ राप्रपा नेता बुद्दिमान तामाङ्गका क्रेजले चुनाब जितेको थियो।

त्यस्तै, दोस्रो चरणको निर्वाचनमा राप्रपाको साख मुस्लिम समुदायका उम्मेदवारले जोगाएका छन् । राप्रपाले मुलुककै होचो स्थानको रूपमा चिनिएको झापाको कचनकवल गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा जित निकालेको हो ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा राप्रपाले खाता खोलेको छ । राप्रपाका अन्जार आलम ५८१६ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भए । उनले कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसाद राजवंशीलाई ३८० मतअन्तरले पराजित गरे ।
राप्रपामा पार्टीका दुई महामन्त्री राजेन्द्र लिङ्देन र धवलशमशेर राणाले राखेका छन् । राणा बाँकेको नेपालगन्ज उपमहानगरको मेयरमा प्रतिस्पर्धी कांग्रेसका सुरेश कनौडियाभन्दा तीन हजार मतले अगाडि छन् । राणा र लिङ्देन कै कारणले राप्रपा मिखा देखाउन लायक बन्ने देखिएको छ।

हिन्दुवादी पार्टी राप्रपालाई क्रिस्चियन र मुस्लिम समुदायका उम्मेदवारले इज्जत जोगाइदिएको विषयलाई लिएर अहिले पार्टी अध्यक्ष कमल थापाप्रति विभिन्न टीकाटिप्पणी हुन थालेको छ । पछिल्लो समय भारत र दरबारले कमल थापालाई क्रिस्चियन मेसिनरीको चंगुलमा फसिसकेको भन्दै उनीसँग असन्तुष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय