घरकी श्रीमतीलाई छक्याएर परस्त्रीसंग रात बिताउन खोज्नेहरुको के हालत भयो ?



युवती भने पछि हुरुक्कै हुनेहरुको हबिगत डरलाग्दो हुने गरेको छन।देबादीदेब महादेव त युवतीको जालमा पर्नाले के के भएको थियो भन्ने शास्त्रहरुमा उल्लेख छ।युवतीका कारण सप्रने भन्दा पनि बिग्रने ज्यादा छन।नेपालको परिबेशमा मात्र पनि युवतीका कारण धेरैले अकालमा ज्यान फाल्नु परेको छ।
कुनै युवतीले फोन गरेर मिठो स्वरमा मायालु कुरा गर्दै साईनो जोड्ने प्रस्ताव गर्यो भने धेरै पुरुषहरु मख्ख पर्दै भेटघाट गर्न हतारिन्छन् । युवतीको यस्तै मायाँजालमा फस्दा नेपालका धेरै ब्यापारीहरुको ज्यानै जोखिममा परेको छ । घरकी श्रीमती र बालबच्चालाई छक्याएर परस्त्रीसंग रात बिताउन खोज्नेहरु आफु अपहरणमा परेका मात्रै छैनन, आफ्नै ज्यान समेत गुमाएर परिवार र आफन्तलाई समेत रुवाएका छन् ।

दाङका ब्यापारी राजकुमार श्रेष्ठलाई जेठ २६ गते साँझ एउटी युवतीले फोन गरिन् । मायालु कुरा गरेर भेट्न बोलाएपछि उनले मन थाम्न सकेनन् । युवतीले भने अनुसार गर्दै कसैलाई थाहा नदिई बोलाएकै ठाउँमा पुगेका व्यापारी रातभर हराए । देशभरका ब्यापारीबीचमा खैलाबैल मच्चियो । उनको खोजी तीब्र भयो । घर परिवार, प्रहरी, ब्यापारी, साथीभाई सबै खोजी कार्यमा जुटे । खोज्दा खोन्दै साता बित्यो । दुई साता बित्यो । २२ औं दिनमा उनको लाश सल्यानको छत्रेश्वरी गाउँपालिकाको रैजीकुटी जंगलमा ढुंगाका थुप्रोमा भेटिएपछि अपहरणमा परेर मारिएको पुष्टि भयो । एक युवती र दुई जना भारतीय नागरिकले श्रेष्ठलाई अपहरण गरी सल्यान पुर्याएको अनुसन्धानबाट पत्ता लागेको छ ।

२०७३ पष ४ गते सिन्धुलीका व्यवसायी रमेश कुँवरलाई युवतीले फोन गरिन् । मीठा कुरा गरिएपछि कुँवर पनि युवतीको लहैलहैमा लागे । युवतीले माया पिरतीको जाल बिच्छ्याएर आफुलाई अपहरण गर्न लागेको होसै पाएनन् । जब उनलाई प्रहरीले पत्ता लगाएर उद्धार गर्यो, उनी बल्ल अपहरणमुक्त भए र घटनाको पोल खुल्यो ।

काठमाण्डौको मखनमा सारी पसल चलाउँदै आएका श्यामसुन्दर अग्रवाल २०७३ फागुन ५ गते मायाल् स्वरमा फोन गर्ने युवतीसँग भुतुक्कै भए । सुन्धारामा भेटघाट गरेर माया पिरती साँट्ने योजना अनुसार त्यहाँ पुगेका उनले साढे पाँच घण्टासम्म अपहरणकारीको बन्धक बने

२०७३ माघ २३ गते नेपालगञ्जका घर जग्गा व्यवसायी केशरबहादुर रोकायालाई एक युवतीले फोन गरी भेट्ने प्रस्ताव गरिन् । युवतीप्रति आशक्त भएर रोकाय पनि भने अनुसार गर्दै गए । घटनाको अनुसन्धानले रीता गुरुड.लाई प्रयोग गरी फिरौति असुल्ने नियतले उनको अपहरण गरिएको थियो ।
अग्रवालसँग भएको ७२ हजार नगद, आठ लाख रुपैयाँको चेक लिएर अपहरणकारीहरु भागेपछि हात खुट्टा बाँधिएको र मुखमा पट्टी लगाईएको अबस्थामा अग्रवाल फेला परेका थिए ।

केही दिन पछि व्यापारी श्यामसुन्दर अग्रवालको अपहरणमा संलग्न राधिका श्रेष्ठको हत्या भयो । अपहरणका प्रमुख योजनाकार प्रकाश लामिछानेले राधिका श्रेष्ठको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । राधिका अग्रवालकै सारी पसलमा काम गर्ने युवती थिइन । हत्याको योजना खुल्ने डरले प्रकाशले राधिकाको हत्या गरेको प्रहरीको निश्कर्ष छ ।
२०७४ असार २ गते काठमाण्डौ बत्तिसपुतलीबाट कोमानन्द खड्का, आशिका परियार, नवीन कुमार राई र कोल बहादर थापा मगर पक्राउ परे । उनीहरु सुन्दरीहरुलाई प्रयोग गरी प्रेमको नाटक गर्ने, यौन सम्पर्क गर्न कोठामा लैजाने र त्यही मौकामा नियन्त्रणमा लिएर फिरौती असुल्ने धन्दा गरेको पोल उनीहरुबाट खुल्यो । यी त प्रतिनिधी घटना मात्र हुन् यस्ता बग्रेल्ती घटना छन जसका कारण धेरै पुरुष घर न घाटका भएका छन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय