टिकट नपाएपछि सडकमा प्रदर्शन



इटहरी । नेपाली कांग्रेसले इटहरी उप महानगरपालिकाको मेयरमा रोहित प्रसाईलाई उम्मेदवार बनाएपछि पार्टीभित्र व्यापक असन्तुष्टी पैदा भएको छ । मेयरका दाबेदार हेमकर्ण पौडेलका कार्यकर्ताले टिकट नपाएपछि सडकमा उत्रेर विरोध प्रदर्शन गरेका छन् ।

मेयरको टिकट पाउने प्रसाई कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत छन् ।

उम्मेदवार छनौट कार्यदलले विहीबार अपरान्ह देउवा पक्षधर मानिने प्रसाईलाई इटहरी उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

इटहरी उपमहानगरपालिकाको मेयरका आकांक्षीमा इटहरी नगर सभापति हेमकर्म पौडेल मुख्य दाबेदारका रुपमा रहेका थिए । उनको पक्षमा टिकट नआएपछि पौडेलपक्षका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन ।

कार्यदलले प्रसाईलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेल समर्थकले निर्णय तत्काल सच्याउन कार्यदललाई चेतावनी दिएका छन् । रामचन्द्र पौडेल पक्षधर मानिने पौडेललाई मेयरको उम्मेदवार नबनाएको खण्डमा पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन ।

इटहरी कांग्रेसको ठूलो जनमत पौडेलका पक्षमा उभिएको । ट्रेड युनियन कांग्रेसका पूर्वाञ्चल उपाध्यक्ष ज्योति कोइरालाले पार्टीले तत्काल नसच्याएर पार्टी विरुद्ध आन्दोलन गर्ने बताए । यता केन्द्रमा पनि प्रधानमन्त्री देउवासँग रामचन्द्र पौडेल पक्षधर असन्तुष्ट रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
विद्रोह गर्छु भन्नेहरुलाई साँगा कटाउनुपर्ने हुनसक्छ : ओली

    प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै

राष्ट्रिय युवा संघले तोक्यो प्रदेश इन्चार्ज

    नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले १०औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख

अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक

  राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन

माधव र विप्लवसँग पार्टी एकता गर्ने प्रचण्डको संकेत

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा